बागमती नगरपालिकाका नगरप्रमुख थापालाई ८ वर्ष कैद र करोडौँ जरिवाना तिर्न आदेश

साझेदारी दैनिक
303 पाठक संख्या

कलैया : सर्लाही जिल्लाको बागमती नगरपालिकाका नगरप्रमुख भरतकुमार थापालाई विशेष अदालतले भ्रष्टाचार गरेको को ठहर गरेको छ ।

यसअघिनै दोषी ठहर गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा गदै थापालाई निलम्ब गरेको थियो । बुधबार विशेष अदालतले उनलाई आरोपीत ठहर गर्दै आठ वर्ष कैद सजाय सुनाएको छ।

विशषे अदालतले उनीसहित प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल र योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेललाई जनही ८ वर्ष कैद र करोडौँ जरिवाना तिर्न आदेश दिइएको जनाईएको छ।

विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले थापालाई १० करोड ९ लाख ७८ हजार २९९ रुपैयाँ १३ पैसा जरिवाना तिर्न र ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० पैसाको भ्रष्टाचारको बिगो तिर्न आदेश दिएको छ।

साथै उनीहरूले पीडित राहत कोषमा जनही ४० लाख ३९ हजार १३१ रुपैयाँ ९७ पैसा क्षतिपूर्ति भर्नुपर्ने विशेषले निर्णय गरेको छ।

नगरप्रमुख थापालाई सङ्घीय सरकारले स्वीकृतिबिना बागमती नगरपालिकामा अवैध रूपमा माछा पोखरी निर्माण गर्दा ढुङ्गा, बालुवा, गिट्टी उत्खनन गरी ३० करोडभन्दा बढी रकमको हिनामिना गरेको आरोप छ।

उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ साल जेठ २९ गते यस सम्बन्धमा थापा र पाँच अन्यलाई भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको थियो।

Leave a review