जीतपु : बाराको सिमरामा रहेको लोट्स एकेडेमी ले मधेश प्रदेशमै पहिलोपटक ‘लोटस फाइन डाइनिङ कार्यक्रम’ सफलतापूर्वक सम्पन्न गरेको छ।
विद्यालयले होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरूको शैक्षिक अभ्यास र व्यावसायिक सीप प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रमले सहभागी अतिथिहरूको विशेष ध्यान आकर्षित गरेको थियो ।
कार्यक्रमका लागि एकेडेमीको होटल म्यानेजमेन्ट प्राङ्गनलाई पूर्ण रूपमा आधुनिक रेष्टुरेन्टको स्वरूप दिइएको थियो। प्रवेशदेखि सेवा प्रवाहसम्म अतिथिहरूलाई उच्चस्तरीय आतिथ्य सत्कार प्रदान गरिएको थियो भने विद्यार्थीहरूले सेवा शिष्टाचार, टेबल सेटअप, मेनु प्रस्तुतिकरण तथा ग्राहक व्यवहारमा विशेष ध्यान दिएका थिए।
फाइन डाइनिङ कार्यक्रम अन्तर्गत अतिथिहरूलाई मधेश प्रदेशका होटल तथा रेष्टुरेन्टहरूमा विरलै पाइने विशेष तथा आकर्षक खानाका परिकारहरू पस्किएको थियो। स्थानीय स्वादसँगै अन्तर्राष्ट्रिय शैलीका खानाले कार्यक्रमलाई अझै विशिष्ट बनाएको सहभागीहरूको भनाइ थियो।
खानाको स्वाद, प्रस्तुति र सेवा स्तरको अतिथिहरूले खुलेर प्रशंसा गरेका थिए। पूणरूपमा विद्यार्थीहरूले नै योजना, व्यवस्थापन र सञ्चालन गरेको यो कार्यक्रमले उनीहरूको व्यवहारिक ज्ञान र आत्मविश्वासलाई थप मजबुत बनाएको लोटस होटल म्यानेजमेन्ट ईन्स्ट्रक्टर बिबेक उप्रतीले बताए ।
यस कार्यक्रमबाट बिद्यार्थीहरुलाई एउटा रेष्टुरेन्ट चलाउँदा आवश्यक पर्ने कुराको ब्यवस्थापन ,प्राबिधिक कुराको ज्ञान ,अतिथि सत्कारको कुरा ,गर्ने ब्यवहार ,बनाउँने तरिका लगायतको ज्ञान प्रदान गरिएको उनले जानकारी दिए । कार्यक्रममा सहभागी अतिथि एसपिईएसका प्रिन्सिपल बसन्त ढकालले यस्तो अभ्यासमुखी कार्यक्रमले विद्यार्थीहरूलाई भविष्यमा होटल तथा आतिथ्य क्षेत्रमा दक्ष जनशक्ति बनाउन महत्वपूर्ण भूमिका खेल्ने बिश्वास ब्यक्त गरे।
लोटस एकेड्मीका फाउन्डर प्रिन्सिपल राम प्रसाद अधिकारीले बिगत दुई बर्ष देखि लोटस एकेड्मीको कक्षा सञ्चालन भईरहेको बताए । उनले कमाउँदै पढ्दैँको अवधारणा अन्तर्गत लोटस फाईन डाईनिङ्ग कार्यक्रम गरीएको जानकारी दिए। लोट्स एकेडेमीले आगामी दिनमा यस्ता सिर्जनात्मक र व्यवहारिक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रिन्सिपल अधिकारीले बताएका छन ।


