विश्रामपुरमा नेकपाको शुभकामना आदानप्रदान कार्यक्रम

साझेदारी दैनिक
807 पाठक संख्या

बाराको विश्रामपुरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को शुभकामना आदानप्रदान कार्यक्रम बुधवार सम्पन्न भएको छ ।
नेकपा गाउँ कमिटीले आयोजना गरेको उक्त कार्यक्रममा नेकपाका नेता तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेल,नेकपा केन्द्रीय सदस्य गोपाल ठाकुर, दिनेश राई, ज्वाला साह, नेकपा बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ,सचिव तथा प्रदेश सभा सदस्य सुन्दर बहादुर विश्वकर्मा, नेकपाका बाराका नेताहरु देवनारायण चौधरी, मनोज पौडेल,उमेश कुशवाहा, अमर यादव लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम नेकपा विश्रामपुर गाउँपालिका कमिटीका अध्यक्ष धर्मदेव यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लवकुश बैठाले सञ्चालन र मनिर देवानले स्वागत गरेका थिए ।

सो अवसरमा बरैनिया गाविसका पूर्वअध्यक्ष सागिर अन्सारी लगायत दुई जना विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका छन् । नवप्रवेशी हरुलाई कार्यक्रमका प्रमुख अतिथि अतिथि समेत रहेका पुर्वमन्त्री पौडेलले लगायतले स्वागत गरेका थिए ।

Leave a review