Sajhedari Daily
Latest News from Nepal

वन संरक्षक नै भु माफियाको चंगुलमा ः जनजागरण अध्यक्ष, कार्की

Top Aside Banner

बाराको जितपुरसिमरा उपमहानगरपालिका ३ रामबन स्थित जनजागरण मध्यवर्ती सामुदायिक बन उपभोक्ता समितिले संरक्षण गरेको जग्गामा स्थानीयले तोडफोड गरेपछि नयाँ बिबाद उत्पन्न भएको छ ।

शान्तबहादुर मल्लको हकभोगमा रहेको बनक्षेत्रको जग्गा २०७६ सालमा बन समितिले अदालतबाट फैसला गराई आफ्नो स्वामित्वमा लिएर तारबार गरि संरक्षण गरेपनि केही स्थानीयले जग्गाको वास्तविकता नबुझी बहकाउमा लागेर बनको सम्पती तोडफोड गरेको भन्दै कार्यसमितिका पदाधिकारी र स्थानीयले दुख व्यक्त गरेका छन् ।

जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठमाथी कार्कीले पदमा बसेर वनक्षेत्रको जग्गा संरक्षण गर्न नसकेको आरोप लगाएका छन । श्रेष्ठले १२ बर्षसम्म पदमा हँुदा समेत आफ्नो वन क्षेत्रको जग्गालाई अतिक्रणबाट रोक्न नसकेको आरोप उनको छ ।

वन क्षेत्रको जग्गा व्यक्तिले कब्जा गरेको बिरुद्धको मुद्धामा श्रेष्ठले कुनै सहयोग नगरेको र स्थानिय जनतालाई बहकाउमा पारेर जग्गा सार्वजनिक गर्न खोज्ने भु‐माफियाहरुसंग मिलोमतो गरी आफुलाई कमजोर पार्ने बिभिन्न षडयन्त्र गरेको कार्कीको आरोप छ ।

सामुदायिक बनको क्षेत्रमा पर्ने कुनाटोलका स्थानीयलाई बहकाउमा पारेर सामुदायिक बन विरुद्ध लाग्न उक्साउने कार्यमा नेकपाकै अन्य जिम्मेवार नेताहरू समेत लागेको आरोप बन समितिका अध्यक्ष ताराबहादुर कार्कीले लगाएका छन् ।