नवनिर्मित कृषि बजार सेडको सांसद साहले गरिन् उद्घाटन

साझेदारी दैनिक
377 पाठक संख्या

कलैया : पूर्व मन्त्री तथा बारा क्षेत्र नंं. ३ की प्रतिनिधि सभा सदस्य ज्वालाकुमारी साहले कलैया वडा नं. २० मा एक कृषि सेडको उद्घाटन गरेकी छन्।

एक कार्यक्रमविच बसतपुरमा रहेको नवनिर्मित कृषि बजार सेडको शनिबार उनले उद्घाटन गरेकी हुन्। बसतपुर चौकमा रहेको नवनिर्मित कृषि बजार सेडको रिबन काटी उद्घाटन गरिएको हो। रामबाबु यादवको अध्यक्षतामा सो उद्घाटन कार्यक्रम भएको हो।

कृषि मन्त्रालयको पचास लाख रुपैयाँको लागतमा उक्त कृषि बजार सेड निर्माण गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि साहले आउने दिनमा थप सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरिन्।

सो कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नम्बर २७ का वडा अध्यक्ष अशोककुमार तिवारी,१८ का वडा अध्यक्ष ध्रुवप्रसाद यादवको विशेष उपस्थिति रहेको हो।

सो कार्यक्रममा नेकपा (एमाले) बारा जिल्ला सचीव अमृत शर्मा बजगाइ,नेकपा (एमाले )जिल्ला कमिटी सदस्य शम्भु गिरि र स्थानीयहरु लगायतको उपस्तिथि रहेको थियो।

Leave a review