कोल्हवीमा नगर प्रमुख चौधरीद्वारा चार कोठे विद्यालय भवनको उद्घाटन

संदिप प्रसाद यादव
92 पाठक संख्या

कोल्हवी : बाराको कोल्हवी नगरपालिका वडा न. १० बरेवामा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय बरेवाको चारकोठे नवनिर्मित भवनको उद्घाटन गरिएको छ। कोल्हवि नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले शुक्रबार एक कार्यक्रमको बीच भवनको उद्घाटन गरेका हुन् ।

सो भवनको निर्माण पश्चात यस बिधालयमा अध्यनरत बिद्यार्थीहरुले भोग्दै आइरहेको कक्षा कोठाको समस्याबाट छुटकारा पाएको जनाइएको छ। उक्त भवन ५६ लाख को लागतमा निर्माण भएको छ। अब चाडैं केही दिन पछि अरु भवनको उदघाटन हुनेछ।

गत बर्ष श्री नेपाल राष्ट्रिय आधारभूत बिधालय श्रीपुर , श्री नेपाल राष्ट्रिय आधारभूत बिधालय धोधर्पा कट्टी र श्री नेपाल राष्ट्रिय आधारभूत बिधालय बरेवामा चार कोठे भवन निर्माण सम्पन्न भएको छ। जसमध्ये श्री नेपाल राष्ट्रिय आधारभूत बिधालय बरेवाको चार कोठे भवनको उद्घाटन सम्पन्न भएको छ।

कार्यक्रममा बिधालय व्यवस्थापन समितिका अध्यक्ष देवीचन्द चौधरी, बिधालयका प्रधानाध्यापक बिगु राम, समाजसेवी रामबाबु चौधरी , सोबिन्द्र चौधरी , रामचन्द्र चौधरी , उमा चौधरी लगायत बिधालय व्यवस्थापन समितिका सदस्यहरु र बिधालय प्रशासनका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

Leave a review