Sajhedari Daily
Latest News from Nepal

कारागारमा जुता भित्र चरेश लुकाएर लैजाने एक जना पक्राउ

राम मण्डल/

कारागारमा रहेका आफना दाईको लागि लागुऔषध बोकेर कारागारमा भेटन गएका भाईलाई पर्सा प्रहरीले मंगलवार पक्राउ गरेको छ ।

चरेश लिएर दाईलाई भेटन कारागार पुगेका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नम्बर १ का २२ बर्षिय मिङमा शेर्पालाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ । शेर्पा लागुऔषध मुद्धामा कारागारमा रहेका दाई लाक्पा शेर्पालाई भेटन चरेशसहित गएको बेला पक्राउ गरिएको पर्साका प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरिक्षक ओम प्रकाश खनालले जानकारी गराएका छन ।

पक्राउ परेका मिङमाको साथबाट प्रहरीले दुवै जुत्ताको तलुवाभित्र लुकाइछिपाई ल्याएको चरेशको धुलो अन्दाजी १० ग्राम बरामद गरेको छ । चरेशसहित पक्राउ परेका मिङमालाई लागु औषध मुदामा कारवाही प्रक्रिया अघि बढाईएको प्रहरी प्रवक्ता खनालले बताए ।