Sajhedari Daily
Latest News from Nepal

८५ जना छठ व्रतालु महिलाहरुलाई साडी सेट वितरण

कलैया उपमहानगरपालिका वडा नम्बर ८ को वडा कार्यालयले आफ्नो वडाका छठ पर्व व्रतालु महिलाहरुलाई साडी सेट वितरण गरेको छ ।

वडा कार्यालयले विहिवार एक कार्यक्रमको आयोजना गरि वडाका ८५ जना महिलालाई साडी सेट वितरण गरेको हो।
वडा अध्यक्ष विक्रम यादवको अध्यक्षता भएको कार्यक्रममा कलैया उपमहानगरपालिकाकी उपप्रमुख रहिमा खातुनले महिलाहरुलाई साडी वितरण गरेकी हुन ।

उक्त वडाका बासिन्दाहरूमध्ये अति गरिब, विपन्न समुदायका, पिछडिएका, दलित, असहाय गरि ८५ जना छठ व्रतालु महिलाहरुलाई उक्त साडी सेट वितरण गरिएको वडा अध्यक्ष यादवले बताएका छन ।

वितरण कार्यक्रममा उपमहानगरपालिकाका शाखा अधिकृत मुस्ताक अंसारी, वडा सदस्यहरू सितादेवी राम, कलावति देवी तेली लगायतको सहभागिता रहेको थियो।कार्यक्रमको संचालन वडा सचिव रामचन्द्र श्रेष्ठले गरेका थिए ।