इटहरीमा दुई जनाको मृत्यु

रासस
255 पाठक संख्या

सुनसरी ।‘जेनजी’ पुस्ताको आन्दोलनमा सुनसरीको इटहरीमा आज दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालउका प्रवक्ता योगराज खतिवडाले मृतक करिब २५–२६ वर्षका रहेका भए पनि पहिचान खुल्न नसकेको बताउनुभयो ।

आन्दोलनमा घाइते भएका तीन जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याइएपछि चिकित्सकले दुई जनालाई मृत घोषणा गरेका हुन् ।

आन्दोलन उग्र भएपछि स्थित नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको थियो । जिल्ला प्रशासन कार्यालय सुनसरीले आज इटहरी उपमहानगरपालिका क्षेत्रमा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि निषेधाज्ञा जारी भएको छ ।

Leave a review

This will close in 0 seconds