सहमहामन्त्री चौधरीको घरमा लुटपाट गर्नेलाई कारवाहीको माग

साझेदारी दैनिक
361 पाठक संख्या

कलैया । नेपाली कांग्रेस बाराले आफ्नो सहमहामन्त्री तथा नेपाल सरकारका पूर्व मन्त्री उमाकान्त चौधरीको घरमा लुटपाट तथा आगजनी गर्नेलाई कानुन बमोजिम कारवाही गर्न माग गरेको छ। नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्।

नेपाली काँग्रेस पार्टिका सह–महामन्त्री उमाकान्त चौधरीको पुख्र्यौली घर कोल्हबी नगरपालिका वडा नं. ११ बेलवामा अवस्थित अपराधिक समूहले घरमा पसी लुटपाट डकैती तोडफोड आगजनी समेत गरी ध्वस्त गरेको दुःखद घटना प्रति नेपाली कांग्रेस जिल्ला कार्य समिति बाराले विज्ञप्तिमा घोर निन्दा एवंम भत्र्सना गरेको छ।

उक्त घटनाको प्रकृतिबाट सुद्ध अपराधिक गतिविधिमा संलग्न समूहहरु सुनियोजित ढंगले ज्यान मार्ने लुटपाट गर्ने, तोडफोड तथा आगजनी गर्ने, उद्देश्यले घटना घटाएको स्पष्ट रुपमा प्रमाणित देखिएको विज्ञप्तिमा लेखिएको छ।

यस घटनामा प्रत्यक्ष रुपमा संलग्न व्यक्तिहरु फोटोहरु, सामाजिक सञ्जाल र प्रत्यक्षदर्शी छिमेकीहरुबाट पहिचान भइसकेकोले उक्त घटनाको छानविन गरी संलग्न अपराधी दोषीहरुलाई अविलम्ब पक्राउ गरी कडा भन्दा कडा तत्काल कारवाही गर्नको लागि सरकार सँग विज्ञप्तिमा जोडदार माग गरिएको छ।

जेनजीको भाद्र २३ र २४ गते भएको प्रदर्शनको कममा ज्यान गुमाउने युवाहरु, सुरक्षाकर्मी लगायत प्रति भावपूर्ण श्रद्धाञ्जली तथा परिवार जनमा गहिरो संवेदना सो विज्ञप्तिमा व्यक्त गरिएको छ। उक्त घटनामा घाइते हुनेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत विज्ञप्तिमा गरिएको छ।

नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा र केन्द्रिय सदस्य डा. आरजु राणा देउवा माथी अमानवीय र बरबरता पूर्व भौतिक आक्रमणको घोर निन्दा गर्दै शिघ्र स्वास्थ्यलाभको कामना विज्ञप्तिमा गरिएको छ।

संविधान बमोजिम जनताबाट जननिर्वाचित प्रतिनिधि सभाको विघटनको कार्य पूर्ण रुपमा अलोकतान्त्रिक र असंवैधानिक छ, यसले लोकतन्त्र र संविधानलाई कमजोर गरेको छ, विज्ञप्तिमा लेखिएको छ।

यस असहज परिस्थितिमा नेपाली काँग्रेसका सम्पूर्ण साथीहरुलाई हतास निरास र विचलित नहुन आग्रह गरिएको छ। सबै एकजुट भई आत्मविश्वासका साथ साथीहरुको संरक्षण र आदर्श विचारमा दृष्टाका साथ उभिन नेपाली कांग्रेस जिल्ला कार्य समिति बाराले विज्ञप्तिमा आह्वान गरिएको छ।

Leave a review

This will close in 0 seconds