बडा दशैको पहिलो दिन घटस्थापनामा बारामा नवदुर्गा भवानीको भब्य कलश यात्रा निकालियो

राजेश कुशवाहा
185 पाठक संख्या

कलैया : बडा दशै शुरु भएको पहिलो दिन घटस्थापनामा बारामा सोमबार नवदुर्गा भवानीको भब्य कलश यात्रा निकालिएको छ ।

जिल्लाको १६ पालिकाको बिभिन्न स्थानमा रहेको दुर्गा भवानी पूजा स्थलबाट उक्त कलश यात्रा निकालिएको हो । कलश यात्रामा हजारौ भक्तजनहरुको सहभागिता रहेको थियो । बाजागाजा, घोडा , रथ सहित निकालिएको कलश यात्राले बिभिन्न स्थान परिक्रमा गरेको थियो ।

सदरमुकाम समेत रहेको कलैयामा कलैया बजार दुर्गा पूजा समिति, देवकोटा चोक दुर्गा पूजा समिति, औधापुर दुर्गा भवानी पूजा समिति, सिसहनिया चोक ,मोतीसर , प्रसौनी, फेटा, मटिअर्वा, बघवन, उतरझिटकैया, लगायतको स्थानमा रहेको दुर्गा पूजा समितिले कलश यात्रा निकालेका हुन ।

यसैगरी बाराको महागढीमाई नगरपालिकाको बरियारपुर, गञ्जभवानीपुर, कवही मधुरी, लगायतको स्थानमा रहेको दुर्गा पूजा समितिले भब्य कलश यात्रा निकालेका छन । जिल्लाको सुवर्ण गाउँपालिकाको हर्दिया, कवहीगोठ ,देवताल गाउँपालिकाको पिप्राढी, सिम्रौनगढको कंकाली, कंकाली दुर्गा पुजा समिति, सिम्रौनगढ दुर्गा पुजा समिति, रानीबास दुर्गा पुजा समितीले कलश यात्रा निकालेका हुन ।

उनीहरु आफुलाई पायक पर्ने नदी ,जलाशय, तलाउ, पोखरी ,सरोवर बाट जल भरेर पूजा स्थलमा पुरयाएका थिए। यता जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर १७ ब्रहम्पुरीमा रहेको दुगौ पूजा समितिले घटस्थापनामा सोमबार भब्य कलश यात्रा निकालेको छ ।

पूजा स्थलबाट बाजागाजा, घोडा , रथका साथ शु्रु भएको कलशयात्राले सानो ब्रहम्पुरी, औधापुर, भवानीपुर, बन्जरिया , सुराही लगायतको गाउँ परिक्रमा गरेको थियो। कलश यात्रामा हजारौ महिला ,कुवारी कन्या तथा पुरुषहरुको सहभागिता रहेको थियो । कलश यात्राका सहभागिहरुले बंगरी खोलाबाट जल भरेर पूजा स्थल सम्म पुरयाएका थिए।

Leave a review

This will close in 0 seconds