Sajhedari Daily
Latest News from Nepal

कोल्हवीमा जिल्ला समन्वय समिति बाराको बैठक सम्पन्न

धिरेन्द्र पनुहर /
जिल्ला समन्वय समिति बाराको बैठक शुक्रवार बाराको कोल्हवीमा सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका संयोजक नवल किशोर सिंहको अध्यक्षता बैठकमा बारा जिल्लाका १६ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनी, सशस्त्रका प्रमुख लगाएत जिल्लाका विभिन्न कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

वैठकमा कोल्हवी नगरपालिकाका मेयर भरत बहादुर भण्डारीले सवैलाई स्वागत गरेका थिए। वैठकले विभिन्न निणर्य गरेको छ । वैठकले कोरोना भाईरसको महामारीका कारणले हुन नसकेका बिकास निर्माणका कार्यहरु द्रुत गतिमा अगाडि बढाउने, कोरोनाका कारणले लामो समयदेखि बन्द रहेको शैक्षिक क्रियाकलाप आवश्यक सतर्कता अपनायर संचालन गर्ने, जिल्लालाई प्राप्त कोटाबाट कृषकलाई चाहे जतिको मल खाद उपलब्ध गराउन अगामी दिनमा कोटा बढाउन अनुरोध गर्ने, कृषिबालिमा देखिएका विभिन्न किराको प्रकोपलाई न्यूनीकरण तथा नियन्त्रण गर्न प्रदेश वा संघबाट कृषि बाली प्राविधिक वा विशेषज्ञ उपलब्ध गराउन कृषि ज्ञानकेन्द्रले पहल गर्ने निर्णय गरिएको छ ।

कार्यक्रममा निजगढ नगरपालिकाका मेयर सुरेश खनाल, कोल्हबी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र कुमार श्रेष्ठ, जीतपुरसिमरा उपमहानगरपालिकाकी उपप्रमुख सरस्वती चौधरी, बारागढी गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत अमोद चौधरी, करैयामाई गाउँपालिकाकी उपाध्यक्ष चित्ररेखा चौधरी लगाएतकोले आआफ्नो स्थानीयतमा रहेको गतिबिधी, समस्या र त्यसको सामाधानको बारेमा जानकारी गराउनु भएको थियो। कार्यक्रमको संचालक जिल्ला समन्वय समितिका प्रशासकीय अधिकृत सुनिल चौरसियाले गरेका थिए ।