सिमरामा बारा इन्टरलक ईटा उद्योगको शाखा उद्घाटन

रञ्जन यादव
362 पाठक संख्या

जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ सिमरामा बारा इन्टरलक ईटा उद्योगको नयाँ शाखा कार्यालयको बुधबार उद्घाटन गरिएको छ।

उद्योगको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाकी उपप्रमुख भोला अधिकारीले कैचीले रिबन काटेर गर्नुभयो। उद्घाटन समारोहमा बोल्दै उपप्रमुख अधिकारीले युवाहरूले उद्यमशीलता आत्मसात गर्दै स्वदेशमै रोजगार सिर्जना गर्नु सकारात्मक कदम भएको बताए ।

“रोजगारको खोजीमा विदेश जानुभन्दा स्वदेशमै उद्योग सञ्चालन गरेर आत्मनिर्भर बन्ने कार्य गर्वको विषय हो,” उनले भने। उहाँले युवाहरूलाई स्वदेशमै रोजगार सृजना गर्ने दिशामा अघि बढ्न आग्रह गरे । बारा इन्टरलक ईटा उद्योगका सञ्चालक जितेन्द्र चौधरीका अनुसार करिब ६ देखि ७ लाख रुपैयाँ पुँजी लगानीमा यो उद्योग सञ्चालनमा ल्याइएका थिए ।

हाल उद्योगले चौधरीसहित १२ जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराइरहेको छ।उद्योगले विभिन्न प्रकारका इन्टरलकिङ टायल्स, ब्लक्स, इट्टा र मोजाइक टायल्स, साथै स्यान्ड्री र डेकोरेटिभ ब्लक्स उत्पादन गर्दै आएको छ।

ईन्टरलक ईटा शहरी उन्मुख भएकाले ग्रामिण क्षेत्रको कुश्मारीमा रहेको बारा ईन्टरलक उद्योग सिमरामा खोलिनु खुसीको कुरा भएको उपमहानगरपालिकाको बरिष्ठ उद्यम सहकर्ता दिपनारायण रायले बताए ।यो कम खर्चमा निर्माण गर्न सकिने र लामो समयकोलागि टिकाउँ हुने ईटा भएको उनले बताए ।

बारा ईन्टरलक ईटा उद्योगको सञ्चालक जस्तै अन्य युवाहरुलाई उपमहानगरपालिकाले उद्यम बिकास शाखाबाट उद्यमी बन्न प्रोत्साहित गर्ने ,उनीहरुले चाहेको पेशालाई उपयुक्त हुने तालिम प्रदान गर्ने, पेशा सम्बन्धित औजार ,उपकरण तथा मेसिन लगायतको सामग्रीमा अनुदानमा दिने गरेको बरिष्ठ उद्यम सहकर्ता रायले जानकारी दिए ।

यस उद्योगमा अनुभवी मिस्त्री टोली, आकर्षक डिजाइनका साथ बलियो र टिकाउ उत्पादनको ग्यारेन्टी दिइने गरिएको उद्योगले जनाएको छ । बारा इन्टरलक ईटा उद्योगको मुख्य कार्यालय जीतपुरसिमरा उपमहानगरपालिका–१८, कुशमारीमा रहेको छ भने सिमरामा नयाँ शाखा कार्यालय स्थापना गरिएको हो।

उद्योगका उत्पादित सामग्रीहरू घर, अफिस, कम्पाउण्ड र सार्वजनिक स्थानहरूका लागि उपयोगी मानिन्छन्। साथै, रिङ हालो ब्लक र अन्य सिमेन्टका सामग्रीहरू पनि उद्योगमार्फत उपलब्ध हुने जनाईएको छ ।

Leave a review

This will close in 0 seconds