Sajhedari Daily
Latest News from Nepal

प्रहरी नायब निरिक्षकमा कोरोना पुष्टि

Top Aside Banner

रञ्जन यादब /
जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत रहेका एक जना प्रहरी नायब निरिक्षक (सई) मा कोरोना भाईरस देखिएको छ ।
कोरोना देखिनेमा सर्लाही घर भई जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत रहेका बर्ष ४९ का सई रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले साझेदारीलाई जानकारी दिनुभयो ।

कोरोना भाईरस देखिएका सईलाई जिल्ला अस्पताल कलैयामा राखिएको छ । उनको जेष्ठ ३ गते स्वाब संकलन गरी परिक्षणको लागि काठमाडौँको टेकु स्थित केन्द्रिय प्रयोगशालामा पठाईएको थियो ।

अहिले उनको प्रत्यक्ष सम्पर्कमा आएका ब्यक्तिहरुको खोजि कार्य भईरहेको प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिनुभयो । सईको बिवरण भने स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले सर्लाहीको सुचिमा रहेको छ ।

यस भन्दा अघि जेष्ठ ३ गते जिल्ला प्रहरी कार्यालय बारामा नै कार्यरत रहेका बर्ष ३५ का मुद्धा फाटका प्रहरी जवानमा कोरोना पुष्टि भएको थियो । उनी प्रहरीको लागि निर्माण गरिएको बाल मन्दिरमा बनाईएको आईसोलेसनमा बस्दै आएका थिए ।

पहिलो संक्रमित जवानको कन्ट्याक्ट ट्रेसिङका आधारमा उनको स्वाब सङकलन गरी परिक्षणको लागि पठाएको थियो । योसँगै बारामा कोरोना देखिने प्रहरीको सङख्या दुई पुगेको छ ।