दाजुबहिनीको प्रेम प्रतीकको रुपमा रहेको समाचकेवा पर्व सुरु

राजेश कुशवाहा
268 पाठक संख्या

कलैया : दाजुबहिनीको प्रेम प्रतीकको रुपमा रहेको समा चकेवा पर्व बिहीबार सांझ देखि बारामा सुरु भएको छ। गोबद्र्धन पूजा देखी कार्तिक पूर्णिमासम्म मनाईने यो पर्व विशेष गरी तराई मधेशका युवतीहरु मनाउने गर्छन ।

द्वापरयुगमा भगवान श्री कृष्णले आफनो बाल्यकाल गोकुलमा बिताई मथुरामा आएपछि गोपिनीहरुले कृष्णको सम्झनामा खेलेको समा चकेवा कलान्तरमा दाजु र बहिनीको प्रेम र सदभावमा रुपान्तरण भएको कलैया १७ का रामअयोध्या साहले बताए। यस पर्वमा रातको समयमा गाउघरमा खास गरी कुवारी कन्याहरु एक ठाउमा जम्मा भई माटोले बनाईएको मूर्तिको पूजा गरी मनाउने गर्छन्।

पर्वको अन्तिम दिन रातमा ती मूर्तिहरुलाई गाउघर नजदिक रहेको जलाशय,सरोवर आदीमा सेलाईने गरिन्छ। समा चकेवामा चकेवा (दाजु) ,समा (भाउजु) ,खिडरीज (बहिनी) ,चुगिला (भाईहरु ) समेत गरी पाँच जनाको मूर्ति एउटा बासले बनाईएको भाडो (स्थानीय भाषमा दौरा )मा राखेर गाउ भरी घुमाईन्छ। यसमा मूर्तिको अलावा केसार ,कुचो ,चुलेसी ,गाजल बनाउने भाडो आदी हुन्छ । लोपोन्मुख रहेको यस पर्वलाई जीवन्त राखनका लागी सबै सचेत हुनुपर्ने बेला आईसकेको छ।

Leave a review

This will close in 0 seconds