छठ पर्वमा भक्तजनलाई लक्षित गरी सेनाद्वारा बारामा नि:शुल्क हेल्थ डेस्क सञ्चालन गरिने

संदिप प्रसाद यादव
534 पाठक संख्या

कलैया : आस्थाको महापर्व छठ पर्वको अवसरमा नेपाली सेनाले बाराको दुई स्थानमा नि:शुल्क स्वास्थ्य सेवा हेल्थ डेस्क संचालन गर्ने भएको छ।

श्री रिपुमर्दन गणले कलैयास्थित श्री सिदेश्वर महादेव मन्दिर परिसर र महागढी नगरपालिका–१ स्थित गढीमाई मन्दिर परिसरमा सोमबार (भोलि)देखि हेल्थ डेस्क सञ्चालन गर्ने तयारी गरेको हो।

गणका प्रमुख सेनानी अशोक कुमार क्षेत्रीका अनुसार छठ पर्वमा भक्तजनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सो डेस्कमार्फत प्राथमिक उपचार र आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिनेछ।

साथै व्रतालु तथा भक्तजनहरूलाई कुनै समस्या परेमा तत्कालै हेल्थ डेस्कमा सम्पर्क गर्न नेपाली सेनाले आग्रह गरेको छ। पोखरी वा नदीमा अर्घ्य दिने क्रममा चिप्लिएर पानीमा हुने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै उद्धार टोली तैनाथ अवस्थामा रहने प्रमुख सेनानी क्षेत्रीले जानकारी दिएका छन्।

सेनाले हरेक वर्ष ठूला चाडपर्व तथा भीडभाड हुने स्थानमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।

Leave a review

This will close in 0 seconds