बारामा बालबालिकालाई ‘स्वर्णविन्दु प्राशन’ खुवाइयो

साझेदारी दैनिक
209 पाठक संख्या

कलैया : बालबालिकाको रोग प्रतिरोध क्षमता विकासका लागि आयुर्वेदिक पद्धतीबाट तयार गरिएको ‘स्वर्णविन्दु प्राशन’ बारामा खुवाइएको छ ।

प्रादेशिक आर्युर्वेद तथा वैकल्पिक चिकित्सालय बाराको प्राङ्गणमा मंगलवार ४ सय ५७ जना बालबालिकाहरुलाई स्वर्ण विन्दु प्राशन खुवाइएको हो ।

ग्यालेक्सी पब्लिक स्कुल,बाल एकता स्कुल,न्यु शान्ति निकेतन स्कुल,हाम्रो पाठशाला र गोपाल बाबू स्कुल लगायतका बालबालिकाहरुलाई स्वर्ण विन्दु प्राशन खुवाइएको कार्यालय प्रमुख डाक्टर पुनिता केशरीले जानकारी दिएकी छिन् ।

उक्त स्वर्ण विन्दु प्राशन १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई खुवाउने खोप रहेको प्रमुख केशरीले जानकारी दिइन ।

Leave a review