निजगढ प्रवेशका नाकामा कडाई गरेर परिक्षण बढाईने निणर्य

साझेदारी दैनिक
साझेदारी दैनिक 354 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

नवराज चौलागाईं/,
निजगढ प्रवेश गर्ने नाकाहरुमा कडाई गरि परिक्षणको दायर बढाईने भएको छ ।कोरोना भाईरस विपद न्यूनीकरण समन्वय तथा अनुगमन समितिको विहिवार निजगढमा वसेको वैठकले यस्तो निणर्य गरेको हो । समितिका संयोजक तथा नगरप्रमुख सुरेश कुमार खनालको अध्यक्षतामा वसेको बैठकले पिसीआर परिक्षणको दायरा बढाउने निर्णय गरेको छ ।

बैठकले नगरपालिका क्षेत्रमा हुने अवान्छित आवागमनलाई रोक्न महेन्द्र राजमार्ग क्षेत्रको मुख्य नाकामा कडाई गर्ने निर्णय गरेको छ । नगर भित्र हुने अनावश्यक आवागमनलाई रोक्न राजमार्ग क्षेत्रको मुख्य नाकामा सुरक्षा निकाय तथा स्वास्थ्यकर्मीको समन्वयमा प्रभावकारी रुपमा चेकपोस्ट संचालन गरिने नगरप्रमुख खनालले बताएका छन ।

समितिले निजगढ नगर भित्र समुदाय स्तरमा कोरोना भाईरस संक्रमण देखा परेपछि पिसिआर परिक्षणको दायरा बढाउन एक हजार थान भिटीएम किट र अन्य आवश्यक औषधीजन्य सामाग्रीहरु खरिद गर्न नगरपालिकालाई अनुरोध गर्ने निर्णय गरेको  छ ।

नगरपालिकामा कार्यरत कर्मचारी समेत कोरोना संक्रमित भएपछि नगरपालिकाबाट प्रदान गरिने अत्यावश्यक र अनिवार्य बाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्ने समेत निर्णय गरिएको छ । निजगढमा हालसम्म समुदाय स्तरमा ३ जनालाई कोरोना संक्रमण पुष्टि भईसकेको छ भने कोरोना भाईरस संक्रमणको कारण निजगढमा १ जनाको मृत्यु भएको थियो ।

समाचार शेयर गर्नुहोस
Leave a review