कलैयामा घरको ताला तोडेर करिब ५० लाख बराबरको चोरी

संदिप प्रसाद यादव
283 पाठक संख्या

कलैया । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ मा एक घरमा ताला तोडेर करिब ५० लाख रुपैयाँ बराबरको चोरी भएको छ। हनुमान मन्दिरदेखि अदालत जाने नयाँ बसपार्क रोडस्थित जोगी साहका छोरा पन्नालाल प्रसाद साह तेलीको घरमा बि हीबार राति करिब १२ बजे चोरी भएको हो।

चोरहरूले मूल गेटसहित चारवटा कोठाको ताला तोडफोड गरी दराज र लकर फुटाएको धरधनी साहले जानकारी दिएका छन्। घरधनी साहका अनुसार चोरहरूले ९ तोला सुन, ३ तोला चाँदी, नगद ९ लाख ३५ हजार रुपैयाँसहित अन्य सर-सामान करिब ५० लाख रुपैयाँ बराबरको रहेको छ ।

उनका अनुसार २०८२ चैत २९ गते आमाको निधन भएपछि सम्पूर्ण परिवार गाउँ गएको मौकामा घर खाली रहेको बेला चोरी गरिएको हो।

यता जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रमुख तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले घटनाबारे अनुसन्धान भइरहेको र जिल्लामा सुरक्षा निगरानी बढाइएको जानकारी दिएका छन्।

Leave a review