पसाहा नदी र निर्माणधिन दुधौरा पुलको मन्त्री घिसिङले गरे निरिक्षण

साझेदारी दैनिक
109 पाठक संख्या

डुमरवाना : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले शुक्रबार बाराको विभिन्न स्थानमा निर्माणाधिन आयोजनाहरुकोे स्थलगत निरीक्षण गरेका छन ।

मन्त्री घिसिङले जिल्लाको सिमरा–कोल्हवी सडक अन्तरगत जैतापुर रामनगर जोड्न पसाह नदीमा पुल निर्माणका लागि स्थलगत निरिक्षण गरेका छन । सो अवसरमा स्थानीयहरुले मन्त्री घिसिङलाई नदिमा पुल नहुदा भोग्नु परेको पिडा सुनाए । मन्त्री घिसिङलाई जीतपुरमिरा उपमहनगरपालिका वडा नम्बर १७ का वडाअध्यक्ष भिम बहादुर गंतानले समस्याका बारेमा सुनाएका थिए। सो अवसरमा बोल्दै मन्त्री घिसिङले पसाह पुललाई बनाउन आफ्नो पुर्ण पहल रहने बताए ।

उनले अहिलेको बजेटमा रमक विनियोजन नभएकोले अब आउने बजेटमा राखेर भएपनि पुल बनाउन आवश्यक रहेको बताए । यो सरकारको अवधी छोटो रहेको र निर्वाचनका लागि मात्र बनेको हुदा निर्वाचनमार्फत फेरी सरकारको नेतृत्वमा आए प्रथमिकताका साथ पसाह पुल निर्माण गर्ने मन्त्री घिसिङले प्रतिबद्धता जनाए ।यसैगरी मन्त्री घिसिङले शुक्रबार नै पूर्व–पश्चिम राजमार्गको बारामा पर्ने निर्माणधिन दुधौरा पुलको निरिक्षण गर्नुभएको छ।

मन्त्री घिसिङले निर्माणआगामी पुसभित्र सम्पन्न गर्न निर्देशन नै दिएका छन । उनले कुनैपनि बहानामा निर्माण कार्य ढिलाई नर्गन निर्माण व्यवसायी (ठेकेदार) ले निर्देशन गरे । सो अवसरमा पुल निर्माणको ठेक्का पाएको महादेव खिम्ती–हिराचन उपक्रम (जेभी) काठमाडौंको रवि सिंहले थपिएको समयमै निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता गरेका थिए ।

पुल निर्माण वषौंदेखि अलपत्र परेको भन्दै गुनासो आएपछि मन्त्री घिसिङले निर्माण कार्यको निरिक्षण गर्नुभएको हो । मन्त्री घिसिङले पुल निर्माण सम्पन्न हुने तालिका, बाँकी काम, समस्यालगायतका विषयमा सडक विभागका महानिर्देशक र निर्माण व्यवसायीसँग छलफल समेत गरेका हुन ।

Leave a review