रौतहटमा स्रोत नखुलेको ११ लाख बढी नगदसहित एक जना पक्राउ

Subash Kumar Mishra
373 पाठक संख्या

रौतहट : रौतहट प्रहरीले स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जनालाई शुक्रबार पक्राउ गरेको छ। नियमित जाँचका क्रममा शंकास्पद रूपमा मौलापुर नगरपालिका–३ स्थित लालबकैया बाँध क्षेत्रबाट उनलाई रकम सहित उनलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा बाराको सिमरौनगढ नगरपालिका–११ भवानीपुरका ३६ वर्षीय मुन्नाप्रसाद जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। हरनैयाबाट देवाहीतर्फ जाँदै गरेको म.प्र.–०३–०३३ प ३११० नं.को मोटरसाइकल रोकेर खोजतलासी गर्दा उक्त रकम फेला परेको प्रहरीले बताएको छ।मोटरसाइकलको लेगाडमा राखिएको झोलाबाट नगद बरामद भएको हो।

जैसवाललाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो। रकमको स्रोत खुल्न नसकेपछि उनलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ । बरामद भएको रकम हुन्डी वा अन्य गैरकानूनी वित्तीय कारोबारसँग जोडिएको छ कि छैन भन्नेबारे अनुसन्धान प्रहरीले गरिरहेको छ।

Leave a review

This will close in 0 seconds