कलैया : नागरिक उन्मुक्ति पार्टीको निकट नागरिक मुस्लिम समाजको मधेश प्रदेशको प्रदेश अध्यक्षमा लाल महम्मद अन्सारीलाई मनोनित गरिएको छ। अन्सारीलाई पार्टीको अन्तरिम बिधान २०७८ को धारा ११ बमोजिम पार्टीको भातृ संगठनको प्रदेश अध्यक्षमा मनोनित गरिएको हो।
बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा अवस्थित श्री देवकी लाल धर्मशालाको प्राङ्गणमा एक कार्यक्रमको बिच उनलाई मनोनयनपत्र दिइएको हो। पार्टीका प्रदेश अध्यक्ष रामचन्द्र चौधरीले सदस्यता एवं मनोनित पत्र अन्सारीलाई हस्तान्तरण गरेका हुन्।
राजनीतिमा शिक्षित यूवाहरु नलागे सम्म देशको अवस्था नसुध्रिने चौधरीले बताए। विकास समेत सम्भव नहुने प्रदेश अध्यक्ष चौधरीले भने। शिक्षाप्रेमी अन्सारी बिगत लामो समयदेखि शैक्षिक परामर्शदाताको रुपमा कार्यरत छ्न । उनले कलैयामा ग्रेट माउन्टेन एजुकेसनल कन्सलटेन्सि संचालन गरेकाछ्न्।
प्रदेशका सह महासचिव अशोक श्रेष्ठको अध्यक्षतामा सो कार्यक्रम भएको हो। प्रदेश अध्यक्ष रामचन्द्र चौधरीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको हो।सो कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

