लागूऔषध गाँजा मुद्दामा १ वर्ष ६ महिना कैद सजाय पाएका एक फरार प्रतिवादी बारामा पक्राउ

साझेदारी दैनिक
327 पाठक संख्या

कलैया । बारा प्रहरीले लागूऔषध गाँजा मुद्दामा १ बर्ष ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना पाएका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

प्रहरी कारवाहीको सिलसिलामा इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले बारा जिल्ला अदालतबाट दण्ड सजाय तोकिएका मुद्दामा वारदात पश्चात फरार रहेक्को एक जनालाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थाबाट बिहिवार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा जिल्लाको निजगढ नगरपालिका वडा न.१२ कुलिया टोलमा बस्ने ४२ वर्षीय खेकु मुक्तान भन्ने तिलक बहादुर मुक्तान रहेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुरेश राज भट्टले जानकारी दिएका छन् ।

पक्राउ परेका मुक्तानलाई बारा जिल्ला अदालतमा दाखिला गरिएको उनले जानकारी दिए ।

Leave a review

This will close in 0 seconds