भ्रष्टाचारविरुद्ध लड्न र विकासका लागि उम्मेदवारी दिएको हुँ : जनमतका उम्मेदवार सिए राजेश साह

संदिप प्रसाद यादव
237 पाठक संख्या

कलैया : भ्रष्टाचार विरुद्ध लडन र विकासका लागि उम्मेदवारी दिएको जनमत पार्टीबाट बारा क्षेत्र नम्बर दुईको प्रतिनिधि सभामा उम्मेदवारी दिएका सिए राजेश साहले बताएका छन्। बाराको देवताल गाउँपालिका वडा नम्बर –५ धुराहा टोलमा घरदैलोका क्रममा मतदातासंग सभेटघाट गर्ने क्रममा आइतबार उनले यस्तो बताएका हुन्।

बारा निर्वाचन क्षेत्र नम्बर –२ पिछडिएको र नेपालको तुलनामा सबै भन्दा पछाडि परेको क्षेत्र रहेको उनले बताए। धेरै बेथिति रहेको र त्यो बेथितिलाई हटाउने उनले बताए। रोजगारीका लागि,शिक्षाका लागि आफुले उम्मेदवारी दिएको उनले बताए। यहाँ कलेज छैन,रोजगारी छैन,रौ मेटेरियल छ,मान्छे छ तर बजार नरहेको उनले जनाए। मेसिन उपलब्ध गराई यो क्षेत्रलाई अगाडि बढाउन आफ्नो उम्मेदवारी दिएको सिए साहले बताएका छन् ।

पेशाले सिए रहि १३ वर्षदेखि विभिन्न कलकारखानामा म्यानेजर,क्मर्सिएल हेड र फाइनेन्स म्यानेजर पदमा रहि कामकाज गर्दै आएको उनको कार्य अनुभव रहेको छ। ५ वर्षदेखी समाजलाइ बुझेको,अनुभव र ज्ञानलाई प्रयोग गरि यो क्षेत्रलाई सक्षम बनाउन सक्ने र उत्कृष्ट क्षेत्र बनाउने उनले बताएका छन् ।

घरदैलोका क्रममा विभिन्न दलका जनप्रतिनिधिहरुले निर्वाचन अगाडि गरेको वाचा पूरा नगरेकोले मतदाताहरुले नेताहरुलाई देख्ने बितिकै रुष्ट रहेको आफु समक्ष गुनासो गरेको उनले जनाए। सबै नेतालाई जनताले एउटै दृष्टिले देखिरहेको साहले बताएका छन् ।

क्षेत्र नम्बर –२ मा ३ पल्ट जसपा नेपालका उम्मेदवार निर्वाचित भएपनि हालसम्म कुनै पनि विकास नभएको उनले दावी गरे। क्षेत्र बिगारेको सिए साहले आरोप लगाएका छन्। उनका अनुसार मतदाताहरु आफुप्रती पोजेटिभ रहेको र निरन्तर साथ सहयोग पाइएको बताएका छन्।

Leave a review