बारा-३ मा रास्वपाका उम्मेदवार साह घरदैलो अभियानमा व्यस्त

संदिप प्रसाद यादव
173 पाठक संख्या

कलैया । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई दृष्टिगत गर्दै बाराको निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार ई. अरविन्द साह बिहानैदेखि मतदातालाई भेटन घरदैलो गरिरहेका छन्। घरदैलो गर्दै उनले चुनावी अभियानलाई तीव्र बनाएका हुन्।

खल्ति ऐपका संस्थापक ईन्जिनियर साहले जनताको घरदैलोमा पुग्ने क्रमलाई निरन्तरता दिएका हुन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टिकटबाट बारा क्षेत्र नम्बर ३ बाट प्रतिस्पर्धा गरिरहेका हुन्।

साह सोमबार बिहानै कलैया उपमहानगरपालिका वडा नं. १८ मंगढवामा पुगे मतदातासँग भेटघाट तथा कुराकानी गर्दै उनले आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका हुन्।

उनले घरदैलो गर्दै आफुलाई जनताको छोराको रुपमा प्रस्तुत गरेकाछन्। मलाई यसपाली साथ दिनुहोला, म पनि यस ठाउँको विकासका लागि सधैं तपाईँहरुसँगै हुनेछु भन्ने ईन्जियनिरसाहको मूलमन्त्र रहेको छ।

घरदैलोका क्रममा उनले ठूला–ठूला र अव्यवहारिक सपना देखाउनेभन्दा पनि जनताको दैनिक जीवनसँग जोडिएका समस्या समाधानमा केन्द्रित रहने धारणा राख्दै मतदातालाई आफुतर्फ आकर्षित गरिरहेका हुन्।

प्रतिनिधि सभा सदस्यको कार्यक्षेत्रभित्र पर्ने नीतिगत तथा संरचनागत समस्याहरू समाधानका लागि पहल गर्ने, स्थानीय पूर्वाधार सुधार, शिक्षा–स्वास्थ्य सेवा सुदृढीकरण तथा युवालाई रोजगारीका अवसर सिर्जनामा प्राथमिकता दिने उनले योजना बनाएका छन्।

साहले क्षेत्र नं. ३ अन्तर्गत जितपुर–सिमरा,कलैया लगायत विभिन्न वडामा घरदैलो कार्यक्रम गरेकाछन्। युवा अन्तरक्रिया तथा समुदायस्तरीय छलफल गर्दै आएका छन् ।

मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनले सुझाव संकलन गरेका छन्।जनताको सुझाव अनुसार नीति निर्माणमा आवाज उठाउने आफ्नो कार्यशैली रहेको उनले बताएका छन्।

Leave a review