भारतमा दर्ता भएका ४० वटा सवारीसाधन नियन्त्रणमा

साझेदारी डेलि
190 पाठक संख्या

रौतहट : प्रहरीले निर्वाचन आचारसंहिताविपरीत सञ्चालन भएका भारतीय नम्बर प्लेटका ४० वटा सवारीसाधन नियन्त्रणमा लिएको छ ।

आज जिल्लाको विभिन्न स्थानबाट निर्वाचन आचारसंहिताविपरीत सञ्चालन भएका भारतीय नम्बर प्लेटका मोटरसाइकल, स्कर्पियोलगायतका सवारीसाधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो ।

यसैगरी प्रहरीले होलीमा मादक पदार्थ सेवन गरी उच्छृङ्खल र अराजक गतिविधि गरी शान्तिसुरक्षामा खलल पारेको आरोपमा छ जनालाई नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने तथा अराजक गतिविधि गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रनाउ बस्यालले बताउनुभयो ।

Leave a review