कलैया । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बारामा मतदान सुरु भएको ६ घण्टामा करिब ५० प्रतिशत मत खसेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सुचना अधिकारी राजकुमार दाहालका अनुसार एक बजेसम्ममा जिल्लाभर करिब ५० प्रतिशत मतदान भइसकेको हो।
जिल्लामा रहेका ३०५ मतदान स्थल र ५८७ मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताहरूको लाइन लागेको जिल्ला स्थित विभिन्न मतदान स्थलमा पुगेका हाम्रा सम्बादाताले जानकारी दिएका छन्।

