टंटलापुर घाममा ६० किमी यात्रा गरेर खाली पेटै फर्किन बाध्य छन् भारतीय मजदुर

साझेदारी दैनिक
साझेदारी दैनिक 642 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब/
स्थानीय प्रहरी चौकी र नगरपालिकासँग समन्वय गर्दा स्वदेश फर्कन सकिने बिषयमा भारतीय मजदुरहरुलाई जानकारी नहुँदा उनीहरु मर्कामा परेका छन् । उनीहरु क्यौँ किलोमिटरको पैदल यात्रा गरेर बोर्डर पुगेर फर्कनुपर्ने बाध्यता रहेको छ ।

जितपुरसिमरा उपमहानगरपालिकाको सिमराबाट टंटलापुर घाममा ६० किलोमिटर पैदल यात्रा गरेर फर्कनु पर्दा मजदुरहरुको खुट्टा सुनिएको थियो । रोजा पर्बको समयमा ब्रत लिएर खालि पेट समानका झोलाहरु बोकेर फर्कनुपर्दा उनीहरुको गहभरी आँसु थियो ।

ब्रतमा बिरगंज बोर्डर पुगेर फर्कदा खुट्टा एकदम दुखेको थियो ,सहन गर्न नसक्दा बाटोमा मानिसहरुले बाँडेको चाउचाउ खाएर औषधी खाएको रुन्चे स्वरमा एक मजदुरले बताए ।

उद्योग पक्षले ठेक्दारको मानिस भनेर वास्ता नगरिदिने ,ठेक्दार पक्षहरुले लकडाउनमा सम्पर्क गर्दा पैसा माग्छन् भन्ने डरले फोन नगर्ने गरेको जगदम्बा स्टिल सिमराका अर्का मजदुरले दुखेसो ब्यक्त गरे ।

हिजो बोडर पुगेका करिब ८० जना भारतीय मजदुरहरुलाई जहाँबाट आएका छौँ त्यही जाउँ भनी फर्काएको थियो ।
यता ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरिक्षक गोबिन्द पुरीले सिमरा प्रहरी चौकीमा ५ सय ५० जना मजदुहरुको नामावली प्राप्त भएको जानकारी दिनुभयो । उहाँले सो नामावली जिल्ला प्रशासन कार्यालय बारामा पठाईएको बताउँनुभयो ।

ईलाका प्रहरी कार्यालय सिमरामा उद्योगको प्रतिनिधि ,ठेक्कदार तथा स्वयम मजदुर आएर आफनो नाम टिपाएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

बारा जिल्लामै सबभन्दा बढी उद्योग ,कलकरखाना भएको क्षेत्र जीतपुरसिमरा उपमहानगरपालिका हो ।

समाचार शेयर गर्नुहोस
Leave a review