Sajhedari Daily
Latest News from Nepal

प्रधानमन्त्री ओलीले संसद विघटन गरेको विरोधमा,नेकाद्धरा बाराका ८ वटै प्रदेशसभा निर्वाचनमा विरोध प्रर्दशन

नेपाली काँगे्रस बारा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा बारामा वृहद विरोध प्रर्दशन गरेको छ ।
प्रधानमन्त्री शर्मा ओलीद्वारा गएिको संसद विघटन, असंवैधानिक अलोकतान्त्रिक, सर्वसत्तावादी र भ्रष्टाचारको विरुद्ध नेपाली काँग्रेस केन्द्रीय कार्यक्रम अनुसासर नेपाल भर निर्वाचन क्षेत्रभर बिरोध प्रर्दशन गरिएको हो ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेर असंवैधानिक काम गरेका भन्दै विरोधमा नेपाली काँग्रेसले बाराका चार वटै प्रतिनिधी सभा निर्वाचन क्षेत्रका ८ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा शनिवार विरोध जुलुश, मोटरसाईकल ¥याली तथा विरोध सभा गरेको गरिएको छ ।

विरोध सभामा पार्टीका केन्द्रीय नेता तथा जिल्ला नेता, पुर्वसांसद लगायतकाले सम्बोधन गरेका छन ।
यसैगरी नेपाली काँग्रेस को कार्यक्रम अन्तरगत बारा क्षेत्र न. १ को निजगढमा नेपाली कांग्रेसको विशाल बिरोध ¥याली प्रर्दशन गरिएको छ ।

नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति बिजय शंकर यादव को नेतृत्वमा निजगढबाट निकालिएको ¥यालीले विभिन्न नारा लगाउदै निजगढ बजार परिक्रमा गरि पुनःनिजगढ को सहिद चौक आई कोणसभामा परिणत भएको थियो ।

क्षेत्र न १( क ) का अध्यक्ष रामकुमारी घले को अध्यक्षतामा भएको सो कोणसभामा कोणसभालाई नेपाली काँग्रेस बाराका कोषाध्यक्ष चन्द्रशेखर प्रसाद यादव, क्षेत्र नम्बर १ का सभापती बिजयशंकर यादव, महासमिति सदस्य उपेन्द्र जयसबाल, स्वतन्त्रता सेनानी किशोर नेपाल, नेता पिताम्बर गौतम, महेशी कुवर, अमिर मुक्तान लगायतकाले सम्बोधन गरेका थिए ।
कोणसभामा स्वागत नेता पदम भन्डारीले गरेका थिए भन्ने संचालन पत्रकार सिकेन्द्र पासवानले गरेका थिए ।

Comments are closed.

error: Content is protected !!