१९ औं स्थापना दिवसको अवसरमा ३७ जनाद्वारा रक्तदान

संदिप प्रसाद यादव
70 पाठक संख्या

बारा । सशस्त्र प्रहरी बल नम्बर १२ गण हेडक्वाटर बाराको १९ औं स्थापना दिवसको अवसरमा तीन महिलासहित ३७ जनाले रक्तदान गरेका छन् ।

स्थापन दिवसको अवसरमा प्रादेशिक अस्पताल कलैया रक्त सञ्चार शाखाको सहयोगमा गणको परिसरमा मंगलवार आयोजित एक कार्यक्रमबीच तिन महिलासहित ३७ जनाले रक्तदान गरेका हुन् ।

गणपति सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवालले प्रादेशिक अस्पताल कलैया रक्त सञ्चार शाखाका इन्चार्ज राजाबाबु गुप्तालाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरेका थिए ।

रक्तदान गर्नेहरुमा गणका प्रवक्ता एवम् सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रम मणि अधिकारी,सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष अधिकारी,जितपुर वेशका वेशपति कमान्डर सशस्त्र प्रहरी नायव उपरीक्षक विश्वराज योन्जन,केशव रानाभत,ददन प्रसाद साह कानु,ममता साह,लक्ष्यमिना पटेल,हरि लम्साल,पार्वती प्रजा,रोहित भण्डारी,संजय पटेल,वीर बहादुर थिङ्ग,प्रभा तामाङ,नरेन्द्र खड्का,सबिन गौतम,सन्देश खनाल,महेन्द्र यादव,लिला राज केसि,बिमल मगर,प्रदिप गिरि,मेघु कुमार राम,निरज प्रसाद,सन्तोष कुमार साह,रुपेन्द्र कुमार चौधरी,बिजय कुमार चौधरी,मुक्तिनाथ तिमिल्सिना,कृष्ण प्रसाद चौधरी,नरेन्द्र यादव,सुभाष प्रसाद साह,मनोज यादव,रामजिवन कुमार यादव,अमर आले मगर,संजय राम,रामप्रवेश कुमार साह,फिरङिग चौधरी र बिकाश चौधरी रहेका छन् ।

प्रादेशिक अस्पताल कलैया रक्त सञ्चार शाखामा रगतको चरम अभाव भएकोले र १९ औं स्थापना दिवसको असारमा आज रक्तदान कार्यक्रम गरिएको गणपति सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवालले जानकारी दिए ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक उमेश कुमार आले,सुजल भण्डारी,रक्त सञ्चार शाखाका कृष्ण यादव,सहयोगी अमन पासवान,सशस्त्र प्रहरीहरु लगायतको सहभागीता रहेको थियो ।

सथै सोही कार्यक्रम अन्तर्गत गणको परिसरमा अमला,अम्बा,गुलमहर लगायत विभिन्न जातीका १५० भन्दा बढी बिरुवा वृक्षरोपण गरिएको छ ।

Leave a review