राष्ट्रपतिबाट दोस्रो पटक सिफारिस गरिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

साझेदारी डेलि
57 पाठक संख्या

बारा । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारद्वारा दोस्रो पटक सिफारिस गरिएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश’ मंगलबार जारी गरेका छन्।

यसअघि गत साता मन्त्रिपरिषद्ले सोही अध्यादेश स्वीकृतिका लागि पठाए पनि राष्ट्रपति पौडेलले पुनर्विचार गर्न आवश्यक ठानेर सरकारलाई नै फिर्ता पठाइदिएका थिए ।

राष्ट्रपतिबाट फिर्ता आएको उक्त अध्यादेशमा कुनै परिमार्जन वा संशोधन नगरी मन्त्रिपरिषद्ले सोमबार पुनः हुबहु राष्ट्रपतिको कार्यालयमा पठाउने निर्णय गरेको थियो।

संवैधानिक प्रावधान अनुसार सरकारले दोस्रो पटक सिफारिस गरेको अध्यादेशलाई राष्ट्रपतिले रोक्न नमिल्ने अभ्यासका बीच पौडेलले यसलाई जारी गरेका हुन।

यो अध्यादेश जारी भएसँगै संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्ति र परिषद्को कार्यविधि सञ्चालनमा नयाँ कानुनी मार्ग प्रशस्त भएको छ।

Leave a review

This will close in 0 seconds