फोनिज बाराले दियो सात दिने अल्टिमेटम तथा स्मरण पत्र

साझेदारी दैनिक
276 पाठक संख्या

नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्षको विषयलाई लिएर नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाराले बुधबार स्मरणपत्र तथा अल्टिमेटम दिएको छ ।

नेपाल पत्रकार महासंघ बारा शाखा मार्फत केन्द्रीय समितिलाई सात दिने अल्टिमेटम तथा स्मरण पत्र हस्तान्तरण गरेको हो ।

फोनिज बाराका अध्यक्ष जियालाल चौधरीको नेतृत्वमा गएको टोलीले नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहता, सचिव अनिलकुमार गौरव र सहसचिव दुष्यन्त चौधरीलाई ज्ञापनपत्र दिएको हो ।

अल्टिमेटम तथा स्मरण पत्र बुझाउने क्रममा फोनिज बाराका सल्लाहकार तथा अग्रज पत्रकार सत्य प्रकाश श्रेष्ठ ,फोनिज बाराका सचिव धिरेन्द्र पनुहर, बिनिता चौधरी , जितेन्द्र चौधरी लगायतको उपस्थितिमा स्मरणपत्र तथा चेतावनी दिइएको हो ।

फोनिजले लामो समय देखि नेपाल आदिवासी जनजाती पत्रकार महासंघले उठान गर्दै आएको विषयमा नेपाल पत्रकार महासंघले गम्भीरताका साथ नलिएको भन्दै . नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको गलत इतिहासलाई हालसम्म नसच्याएकाले गलत इतिहास सच्याउन माग गर्दै आएको छ ।

तत्कालीन ‘नेपाल पत्रकार संघ पहिलो पटक संगठित गर्ने व्यक्ति सत्यनारायण बहादुर श्रेष्ठ हुन् ।

अकाट्य तथ्यहरूका आधारमा हाल नेपाल पत्रकार महासंघ तत्कालीन नेपाल पत्रकार संघको संस्थापक सभापति श्रेष्ठ भएपनि महासंघले कृष्णप्रसाद उपाध्याय भट्टराईलाई संस्थापक सभापति भन्दै आएको छ । यसलाई सच्चाउन फोनिजले माग गरेको हो ।

Leave a review