श्रीमानको अधुरो काम पूरा गर्न मतदाताले विजयी गराउँछन् : जिउती देवी

साझेदारी दैनिक
488 पाठक संख्या

रौतहट : ओम प्रकाश यादव / रौतहटको गढीमाई नगरपालिका –८ का नेकपा एमालेकी वडा अध्यक्षकी उम्मेदवार जिउती देवीले आफ्नो जित सुनिश्चित रहेको बताएकी छन्।

उनले श्रीमानको अधुरो सपना पुरा गर्न आम मतदाताले आफूलाई बहुमत दिएर निर्वाचित गराउने दावी गरेकी हुन् ।

गढीमाई –८ का वडा अध्यक्ष रामाज्ञा यादवको निधन भएपछि मङसिर १६ गते त्यहाँ उप निर्वाचन हुन् लागेको छ। २०७९ को निर्वाचनमा स्वर्गीय वडा अध्यक्ष यादव जनता समाजवादी पार्टी नेपालबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।

वडा अध्यक्ष रामाज्ञा यादवको निधन भएपछि अहिले उनको धर्मपत्नी जिउती देवी जसपा नेपाल छाडेर नेकपा एमालेबाट उम्मेदवारी दिएकी हुन्।

समाजमा आफ्ना श्रीमानको ठूलो योगदान रहेको उनले चर्चा गरिन्। जिउती देवीले आफ्ना श्रीमानले समाजमा गरेको योगदानका कारण वडा अध्यक्षमा आफू बहुमत सहित निर्वाचित हुने दावी गरिन् ।

घर्दैलोको क्रममा बुधवार सञ्चारकर्मिसंग कुरा गर्दै उम्मेदवार उनले बहुमत आफ्नो पक्षमा रहेको जनाइन्। श्रीमानको अधुरो रहेको धेरै कामहरु पुरा गर्नुपर्ने रहेकोले आम मतदाताले श्रीमानको अधुरो सपना पुरा गर्न एकपटक आफूलाई विजयी गराउनुपर्ने उनले बताइन् ।

आम जनता आफ्नो पक्षमा रहेकोले आफू चुनाव जित्नेमा ढुक्क रहेको उनले बताइन् ।

बहुमत आफूसँग रहेकोले कसैले चाहेर पनि आफूलाई पराजित गर्न नसक्ने उनको दावी थियो। घरदैलोको क्रममा आम मतदाता संग अपार साथ,सहयोग र माया पाइरहेको उनले जनाइन्।

चुनाव जितेपछि आफूले शिक्षा,स्वास्थ्य र कृषि लाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने उनले बताइन् ।चुनाव जितेपछि रात दिन नहेरिकन जनताको काममा आफू अहोरात्र खटिने उनले प्रतिबद्धता व्यक्त गरिन्।

Leave a review

This will close in 0 seconds