ट्राफिक प्रहरीको छड्के चेकिङ, पाँच जनालाई कारबाही

साझेदारी डेलि
94 पाठक संख्या

कलैया । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कलैया–वीरगञ्ज सडकखण्डमा ट्राफिक प्रहरीले बुधबार बंगरी पुल नजिकै सवारी साधनलाई चेकजाँच गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका ट्राफिक प्रहरी निरीक्षक हरि भट्टराईको नेतृत्वमा सो चेकजाँच गरिएको हो। चेकजाँचका क्रममा पाँच जना कारबाहीमा परेका छन्।

चेकिङका क्रममा करिब एक सयभन्दा बढी मोटरसाइकल, अटोलगायतका सवारीसाधनका चालकसँग लाइसेन्स, ब्लुबुक, रुट परमिट लगायतका आवश्यक कागजात जाँच गरिएको प्रहरी निरीक्षक भट्टले बताए। चेकिङका क्रममा सामान्य त्रुटि भेटिएका सवारीसाधनका चालकलाई सचेत गराएर छाडिएको छ।

सवारीसाधनका कागजात ट्राफिक प्रहरीका लागि मात्र नभई चालक, यात्रु तथा सवारीसाधनकै सुरक्षाका लागि आवश्यक रहेको तथा लाइसेन्स, ब्लुबुक, रुट परमिट लगायतका आवश्यक कागजात साथमा राखेर मात्र सवारीसाधन चलाउन भट्टले आग्रह गरे। अटोमा क्षमताभन्दा बढी यात्रु नराख्न र लागू पदार्थ सेवन (लापसे) तथा मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन नचलाउन उनको आग्रह छ।

उक्त छड्के चेकिङका क्रममा अस्थायी ट्राफिक प्रहरी पोस्ट कलैयाका प्रहरी सहायक निरीक्षक प्रिन्शानन्द यादव लगायतका ट्राफिक प्रहरीले सवारी चालक तथा यात्रुलाई सवारी सुरक्षा र ट्राफिक नियमसम्बन्धी सचेतना समेत दिएका थिए।

Leave a review

This will close in 0 seconds