पर्सामा ७ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

साझेदारी डेलि
35 पाठक संख्या

पर्सा । पर्साको वीरगन्ज महानगरपालिका–२१ परवानीपुर चोकबाट ७ ग्राम ब्राउन सुगरजस्तो देखिने लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

लागूऔषध ब्राउन सुगरको खरिद–बिक्री तथा ओसारपसार कार्य भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी विशेष टोलीले बुधबार परवानीपुर चोकस्थित सडकखण्डमा चेकजाँच गरेको थियो।

सो क्रममा जितपुरबाट वीरगन्जतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट डिएल १२ सिएल को कार रोकी जाँच गर्दा चालक बस्ने सिटको माथिल्लो भागमा लुकाएर राखिएको प्लास्टिकभित्र ७ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले लागूऔषधसहित कार नियन्त्रणमा लिएर भारत, बिहारको पूर्वी चम्पारण जिल्लास्थित रक्सौल पुरैनिया लोहडिया–५ बस्ने ३१ वर्षीय दिनेश प्रसादलाई पक्राउ गरेको छ।

पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार पक्राउ परेका दिनेशमाथि थप अनुसन्धान भइरहेको छ।

Leave a review