वीरगञ्ज । पर्सा प्रहरीले भन्सार छली चोरी–पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नियन्त्रणमा लिइएका स्कुटरको बजार मूल्य १३ लाख ६० हजार रुपैयाँ रहेको जानकारी दिएका छन्।
वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी–पैठारी गरी नेपाल भित्र्याई अनधिकृत रूपमा सञ्चालन गरिरहेका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिइएको प्रवक्ता मल्लले बताएका छन्।
नियन्त्रणमा लिइएका स्कुटरलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको उनले बताए ।


