Sajhedari Daily
Latest News from Nepal

नितनपुुरमा शिवपार्वतीको मन्दिर निर्माण हुुँदै

रञ्जन यादव /
जीतपुुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० नितनपुुरमा वडा स्तरीय बजेटबाट शिवपार्वती मन्दिर निर्माण कार्य सुुरु भएको छ ।

वडाको रु पाँच लाख ५० हजार र जनसहभागिताबाट रु ७० हजारको लागतमा मन्दिर निर्माण कार्य सुुरु भएको वडा अध्यक्ष सरोज पटेलले जानकारी दिएका हुन । मन्दिर निर्माण पछि एक सय ८० घरपरिवार लाभन्वित हुुने वडा कार्यालयले जनाएको छ ।

करिब दुुई महिना भित्र मन्दिर निर्माण गर्ने लक्ष्य राखिएको छ । मन्दिर निर्माणको शिलन्यास स्थानीय बुुद्धिजिवी तथा जेष्ठ नागरिक भरत साहले हिन्दुु धार्मिक विधि अनुुसार पुुजापाठ गरी गरेका हुुन् ।

केही दिन अगाडी वडा अध्यक्ष पटेलले वडा स्तरीय बजेट २० लाखको लागतमा बाटो ढलान तथा नाला निर्माण कार्यको शिलान्यास गर्नुुभएको थियो ।

Comments are closed.

error: Content is protected !!