Sajhedari Daily
Latest News from Nepal

करैयामाई पाँचौ पिपरा गोल्डकपको उपाधी वीरगंज युनाईटेर्डलाई

धिरेन्द्र पनुहर/
बाराको पिपरामा जारी करैयामाई पाँचौ पिपरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि वीरगंज युनाईटेड क्बलले हात पारेको छ ।
पिपरा खेल मैदानमा शनिवार सम्पन्न फाईनल खेलमा सशस्त्र प्रहरीको एपिएफ बर्दिवासलाई हराउदै उपाधी हात पारेको हो । वीरगंज युनाईटेर्डले एपिएफ बर्दिवासलाई शुन्यका विरुद्ध १ गोलले पराजीत गर्दै उपाधी कब्जा गर्न सफल भएको हो ।

खेलको पहिलो आफमा वीरगंज युनाईटेडका अक्षेलाल चौधरीले ३५ औ मिनेटमा गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । पहिलो हापमा एपिएफ बर्दिवासले खेललाई वरावरीमा ल्याउन प्रयास गरेपनि सफल भएन ।

खेलको दोस्रो हापमा एपिएफ बर्दिवासले वीरगंजलाई दवावमा राख्दै अन्तिम सम्म पनि गोल गर्न प्रयास गरेपनि सफल हुन सकेन । वीरगंज युनाईटेडका लागि पहिलो गोल नै निणार्यक बन्यो । प्रतियोगितामा म्यान अफ द म्याच वीरगंज युनाईटेडका अक्षेलाल चौधरी घोषित भएका थिए ।

चौधरीले गरेको एक गोल नै प्रतियोगिताको निर्णायक गोल बन्न पुगेको थियो । प्रतियोगिताको जीतसंगै विजेता बनेको वीरगंज युनाईटेडले रु नगद दुई लाख ५ हजार सहित ट्रफि मेडल प्राप्त गरेको छ । त्यसैगरी उपविजेता बनेको एपिएफ बर्दिवासले रु एक लाख ५ हजार सहित ट्रफि मेडल प्राप्त गरेको छ ।

प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई करैयामाई गाउँपालिकाका अध्यक्ष भुनेश्वर धामीले पुरस्कार रकमको चेक सहित ट्रफि मेडल हस्तान्तरण गरेका थिए ।

प्रतियोगिताको स्थानीय सृजनशिल युवा क्लब पिपराले आयोजना गरेको थियो भने करैयामाई गाउँपालिकाको मुख्य प्रायोजन रहेको आयोजक क्लबका अध्यक्ष वृजमोहन चौधरीले बताएका छन ।