Sajhedari Daily
Latest News from Nepal

बिहे गर्ने प्रलोभन देखाइ दुई बालिकालाई जबरजस्ती कारणी गर्ने दुई जना पक्राउ

राम मण्डल /
बालिकालाई बिहेको प्रलोभन देखाएर जबरजस्ती करणी गर्ने दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको वीरगञ्ज महानगरपालिकाबाट एक र सखुवा प्रसौनी गाउँपालिकाबाट एक जना गरि दुई जनालाई प्रहरीले जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ गरेको हो ।

बिहेको प्रलोभन देखाएर जबजस्ती करणी गर्ने वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ कटजेनवा निवासी २२ बर्षका अनिल कुशवाहा र सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५ बलुवा टोल बस्ने १८ बर्षका रोशन कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

दुबैजना युवकले छुटाछुटै बालिकालाई बिहे प्रलोभन देखाएर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । वीरगञ्ज ३१ कटगेनवाका कुशवाहाले १९ बर्षकी बालिकालाई २० बर्ष पुगे पछि बिहे गर्ने भन्दै जबरजस्ती कारणी गरेका थिए । उनले बालिकासित बिहे गर्ने भनि विश्वास दिलाउन २०७६ फाल्गुन १६ गते छेका समेत गरेका थिए ।

छेका गरेसँगै कुशवाहाले आफ्नै घरकोठा तथा गाउँघरको एकान्त स्थानमा लगि पटक–पटक ती बालिकासित जबरजस्तीकरणी गरेका थिए । पछि बिहे नै नगरि कुशवाहाले अर्कै महिलासंग विवाह समेत गरेर बसेका थिए ।

आफ्नी छोरीलाई जबर्जस्ती करणी गरेको कसूरमा कारबाही गरि पाऊँ भनी पीडित बालिकाका बुवाले प्रहरीमा जाहेरी दिएपछि कुशवाहालाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रबक्ता ओम प्रकाश खनालले जानकारी दिएका छन ।

यसैगरि सखुवा प्रसौनीका युवक यादवले १६ बर्षकी वालिकालाई गत फागुन ८ गते राति १० बजेको समयमा पीडितको घरमै जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।बालिकाको घरमा पुगेर यादवले बिहे गर्ने प्रलोभन देखाई ललाइफकाई जबरजस्ती करणी गरेका थिए ।

यादव बालिकालाई लिएर भारतको गोरखपुर लगी डेरामा राखेरसमेत पटकपटक जबरजस्ती करणी गर्दै आएका थिए । पीडित वालिकाको घर तथा प्रहरीले खोजी गरिरहेको थाहा पाए पछि यादवले बालिकालाइ भारतबाट नेपाल उनको घर पठाइ दिएका थिए ।

पीडितलाई बालिकाका बुवाले यादव विरुद्ध जबरजस्तीकरणीको प्रहरीमा जाहेरी दिए पछी प्रहरीले उनलाई घरबाट नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक खनालले बताए ।

जबरजस्तीकरणीको अभियोगमा पक्राउ परेका कुशवाहा र यादवलाई जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत पर्साबाट ७ दिनको म्याद थप गराई कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।