Sajhedari Daily
Latest News from Nepal

सरकार अप्ठ्यारोमा परेकाले निकासका लागि सरकारको जिम्मेवारी लिन आफु तयार छु- देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु पदका लागि लोभी नभएको तर आवश्यक परे संकटको बेला सरकारको नेतृत्व गर्ने आवश्यक परे पछाडि नहट्ने बताएका छन् ।

बाराको पचरौता नगरपालिका स्थित बेल्दारीमा खुमबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आइतबार आयोजित अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उद्घाटन गर्दै यस्तो बताएका हुन । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले ‘अहिले देशको राजनीति संकटका कारण सरकार अप्ठ्यारोमा परेकाले निकासका लागि सरकारको जिम्मेवारी लिन आफु तयार बताएका छ ।

उनले देशमा ‘जब–जब देशमा संकट आएको छ, तब–तब नेपाली कांग्रेसले सरकारको नेतृत्व गरेर देशलाई निकास दिने गरेको इतिहास रहेको बताएा छन,’ ।

नेपाली काँग्रेस केन्द्रीय खेलकुद विभाग र स्व.खुमबहादुर खड्का स्मृति कुस्ती प्रतियोगिताको शुरु भएको छ । स्व. खुमबहादुर खड्काको स्मृतिमा आयोजित कुस्ति प्रतियोगितामा नेपाल र भारतका करिव २०० खेलाडिहरु सहभागि भएका छन् ।

उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय खेलकुद विभागका संयोजक तथा पूर्वमन्त्री मोहनवहादुर वस्नेत, नेपाली कांग्रेसका केन्द्रिय सदस्य फरमुल्लाह मन्सुर, राजेचन्द्र यादव, उमाकान्त चौधरी, संविधानसभा सदस्य डा.शोभाकर पराजुली लगायतकाले सम्बोधन गरेका थिए ।

नेपाली कांग्रेस खेलकुद विभागका केन्द्रिय सदस्य एवम कार्यक्रम संयोजक मणिभुषण यादवको अध्यक्षतामा प्रतियोगिता उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

Comments are closed.