रञ्जन यादब/
रेडिमेड ब्यवसायी संघ जीतपुरले एक बिज्ञेप्ति जारी गर्दै गंगापुरमा रहेको आईसोलेसनमा भएको लापरबाहीप्रती सबैले आ आफनो ठाउँबाट दबाब दिनुपर्नेमा जोड दिएको छ ।
संघका अध्यक्ष प्रकाश गिरीले अस्पताललाई दबाब दिन नगर उद्योग बाणिज्य संघ र जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ को वडा कार्यालयलाई ध्यानआकर्षण पत्र बुझाएका छन् ।
सरकार र सम्बन्धित निकायलाई गम्भिर भई पोष्टिक खाना ,सरसफाई ,शुद्ध पिउँनेपानी ,औषधी उपचार र समय समयमा चिकित्सकहरुद्धारा रेखदेख गराउन रेडिमेड ब्यवसायि संघका अध्यक्ष गिरीले अनुरोध गर्नुभएको छ ।