वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा स्व.नेता यादवको धर्मपत्नीलाई सम्मान

रबिन्द्र प्रसाद साह /
“श्रमको सम्मान गरौँ, श्रमशक्ति नै राष्ट्र शक्ति हो“ भन्ने मुल नाराका साथ नेपाल ट्रेड युनियन काँग्रेस बाराले शनिवार १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ।

कोरोना भाइरसको महामारीको बेलामा पनि यस्तो सराहनीय कार्य गरी सम्मान गरिएको थियो ।
नेपाल ट्रेड युनियन काँग्रेस बाराको आयोजनामा जिल्लाको परवानीपुर बजारमा दिवसको अवसरमा सम्मान कार्यक्रम सम्पन्न गरिएको हो ।

सो समारोहमा युनियनका पूर्व अध्यक्ष तथा श्रमिक नेता स्व. पुलिस प्रसाद यादवको धर्मपत्नीलाई दोसल्ला ओढाएर सम्मानित गरिएको थियो। आफ्नो कार्यकालमा यादवले श्रमिकहरूको हक हितको लागि गरेको योगदानको कदर गर्दै मृत्यु भएको १० बर्ष पश्चात उनको पत्नी लाई सम्मानित गरिएको छ । अहिलेसम्म कसैले पनि नगरेको कार्य वर्तमान ट्रेड युनियन कार्य समितिले गरेको प्रति यादव परिवारद्वारा धन्यवाद व्यक्त गरेका थिए ।

सो सम्मान कार्यक्रम युनियनका अध्यक्ष विश्वमणी शर्माको अध्यक्षता तथा संविधान सभा सदस्य एवम् अन्तर्राष्ट्रिय महिला आयोगकी संयोजक र नेकाकी नेतृ मधु शाही ठकुरीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरिएको हो ।

सो अवसरमा नेपाली काँग्रेसका नेता तथा क्षेत्र नं ४ का प्रदेश सांसद प्रत्यासी विजय गुप्ता, यातायात मजदूर युनियन बाराका अध्यक्ष राजन केसी, नेपाल कारखाना श्रमिक संघ बारा अध्यक्ष अरुण यादव, नेपाल व्यापार संघ बाराका अध्यक्ष लोरिक यादव, युवा समिति प्रदेश नं. २ का अध्यक्ष राज यादव, उपाध्यक्ष एजाज मंत्र लगायतको उपस्थिति रहेको थियो ।

सम्मान कार्यक्रममा सन्चालन युनियनका जिल्ला सचिव ध्रुव रायको रहेको थियो भने स्वागत मन्तव्य नेपाल कारखाना श्रमिक संघ का एकाइ समिति अध्यक्ष रामबाबु पटेलको रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
सम्बन्धित समाचार
error: Content is protected !!