Sajhedari Daily
Latest News from Nepal

छात्राहरुलाई साईकल

पर्साको बहुदरमाई नगरपालिकामा रहेको बिद्यालयमा अध्यनरत रहेका ५५ जना छात्राहरुलाई शनिबार साईकल बितरण गरिएको छ ।

वडा नम्बर ३ नगरदाहा स्थित श्री महाबिर साह माध्यमिक विद्यालयका ५५ जना छात्राहरुलाई साईकल वितरण गरिएको हो ।
प्रदेश नम्बर २ सरकारको कार्यक्रम ‘बेटी बचाउ, बेटी पढाउ कार्यक्रम अन्र्तगत विद्यालयमा अध्ययनरत ५५ जना छात्राहरुलाई साईकल वितरण गरिएको छ ।

साइकल वितरण कार्यक्रममा जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, जिल्ला सचिव तबरेज अहमद, केन्द्रीय परिषद् सदस्य बिपिन यादव, जसपा बहुदरमाई नगर अध्यक्ष सिँहासन साह तेली लगायतको उपस्थिती रहेको थियो ।

विद्यालयको दाता परिवारका सदस्य एवम् जसपा जिल्ला सदस्य पन्नालाल साहको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अजय यादवले स्वागत मनत्व्य व्यक्त गरेका थिए ।