वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

प्रदेशकै सफा शहरको रुपमा निजगढलाई स्थापित गर्नेः नगरप्रमुख खनाल

निजगढ
प्रदेश २ कै सफा र हरित शहरको रुपमा निजगढ नगरपालिकालाई स्थापित गराईने नगरप्रमुख सुरेश कुमार खनालले बताएका छन ।

बिहिबार निगढमा आयोजित एकीकृत तथा दीगो फोहोर व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।

ग्रीन एण्ड क्लीन सीटी सर्भिसेस मकवानपुरको आयोजनामा संचालित उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख खनालले निजगढलाई स्वच्छ र सफा बनाउन नगरपालिकाले फोहोरको उचित व्यवस्थापन गरेको बताए ।

उनले नागरिकको स्वास्थ्यलाई ध्यान दिंदै नगरपालिकाले कालो झोलाको प्रयोगमा बन्देज लगाएको बताउदै खनालले प्लास्टिकजन्य पदार्थको विकल्प समेत खोजिरहेको जनाए।

कार्यक्रममा ग्रीन एण्ड क्लीन सीटी सर्भिसेस मकवानपुरका प्रशिक्षक बिक्की महर्जनले सहभागी जनप्रतिनिधिहरुलाई फोहोर व्यवस्थापन सम्बन्धीमा प्रशिक्षण दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
error: Content is protected !!