धिरेन्द्र पनुहर
कोल्हबी
खानेपानी मन्त्री उमाकान्त चौधरीलाई निर्वाचन क्षेत्रमा भव्य रुपमा स्वागत तथा सम्मान गरिएको छ ।
मन्त्री बनेपछि पहिलो पटक जिल्ला आएका मन्त्रीलाई मंगलवार कोल्हवी क्षेत्रमा वृहत स्वागत तथा सम्मान गरिएको हो । सो अवसरमा बोल्दै मन्त्री चौधरीले निर्वाचन क्षेत्रमा देखिएको खानेपानी तथा अन्य समस्यालाई समाधान गरेरै छाड्ने बताएका छन । उनले काठमाण्डै बासीको ठुलो समस्यामा रहेको खानेपानी समस्या आफ्नै कार्यकालमा समाधान गर्ने प्रतिबधता जनाएका छन ।
थारु कल्याणकारीणि सभा जिल्ला कार्य समिति बारा र गाउँ इकाई कमिटी कोल्हवीले आयोजना गरेको कार्यक्रममा वोल्दै मन्त्रीले यस्तो बताएका हुन ।
थारु कल्याणकारणी सभा जिल्ला सभापति रामप्रसाद चौधरीको अध्यक्षतामा भएको उक्त स्वागत तथा सम्मान कार्यक्रममा सचिव यादव कृष्ण चौधरी, कोषाध्यक्ष बासु प्रसाद चौधरी गाउँ इकाइ कमिटी कोल्हवीका सभापति रामबाबु चौधरी, कोषाध्यक्ष भुवन चौधरी सदस्य रामनाथ चौधरी , रबिन्द्र पनुहर लगाएत सयौं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
नेपाल तरुण दल कोल्हबी नगर कमिटीका सभापति संजय चौधरी र नेरामबिका समीर चौधरी लगाएकाले मन्त्री चौधरीलाई सम्मान गरेका थिए ।
यसैवीच थारु गाउँ इकाई कमिटीका सभापति रामबाबु चौधरीले कोल्हवीमा निर्माणधिन थारु सेवा सदनको अधुरो भवनलाई पूरा गर्ने, कोल्हबी नगरपालिका भित्र रहेको खानेपानी टंकी शुरु हुनुपर्ने, युवाहरूलाई रोजगारको व्यवस्था गर्नु पर्ने माग सहित मन्त्री चौधरीलाईखज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै मन्त्री चौधरीले आफ्नो कार्यकालमा ज्ञापनपत्रमा भएका मागलाई पूरा गर्ने प्रतिबधता ब्यक्त गरेका छन ।
मन्त्री चौधरीले मंगलवार नै जिल्लाकै ऐतिहासिक विश्व प्रसिद्ध गढिमाई मन्दिरको दर्शन गरेर आफ्नो क्षेत्र हुलै कोल्हवी स्थित वेलवा टोलमा आफ्नो निवास पुगेका थिए । मन्दिर परिसरमा पनि कार्यकर्ताहरुले भव्य स्वागत तथा बधाई दिएका थिए।
खानेपानी मन्त्री चौधरीलाई निर्वाचन क्षेत्रमा भव्य स्वागत तथा सम्मान
Leave a review
Leave a review

