करण कुमार मिश्र/
रौतहटको परोहा नगरपालिका–९ स्थित शिव मनि ट्रान्सफरमा लुटपाट भएको छ । मनि ट्रान्फसरका सञ्चालकमाथि गोली प्रहार गरी लुटपाट गरिएको प्रहरीले जनाएको छ।
तीन जनाको समूहमा हतियारसहित मोटरसाइकलमा आएका लुटेराहरुले शिव मनि ट्रान्सफरका सञ्चालक नितेश साहलाई गोली प्रहार गरी लुटपाट गरेका थिए।
गोली चलाउने समूहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न भारत मोतिहारिका १७ वर्षका मुनिस यादव १८ वर्षीय राजकुमार पासवान र १७ वर्षीय चन्द्रभान सिहलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले जानकारी दिए।
पक्राउ परेकाहरुको साथबाट हतियार समेत बरामद भएको छ। घाइतेलाई भने उपचारका लागि वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ।


