वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

नेपाल रहे हामी नेपाली रहौला ।।

–उमेश सापकोटा
नेपाल देश, देश भएर पनि नेपाल हुन सकेन, नेपाली जनता, जनता भएर पनि आज नेपाली जनता हुन सकेनन्। जनतालाई सधैं अन्धकारमा सडाउने। शिक्षा, स्वास्थ्य, सुरक्षा, गास, बास, कपास आदि मौलिक अधिकारबाट बञ्चित गर्ने। सूचनाको हकबाट विमुख राख्ने। तानशाहहरू जनतालाई अधिकार दिन किन चाहदैनन् भने जनतालाई अधिकार दिँदा जनता सचेत हुन्छन् र उनीहरूको तानशाही सत्ता पल्र्टाई दिन्छन् भन्ने उनीहरूलाई ठूलो भय हुन्छ। उदाहरणका लागि राणा चन्द्रशमसेरले त्रि–चन्द्र कलेजको स्थापना गर्दा शिलान्यासको बेला भनेका थिए रे–“आजदेखि मैले राणाहरूको मुटुमा फलामे कीला गाडेँ।” यसो भन्नुको तार्त्पर्य थियो ः पढेपछि जनता सचेत हुन्छन् र हाम्रो अत्याचारी, तानाशाही शासन व्यवस्था समाप्त पार्छन्। आखिर भयो पनि त्यस्तै। जनताका छोराहरू तानाशाही राणा शासनका विरुद्ध हाँसी–हाँसी सहिद भए। त्यसकै परिणाम स्वरुप राणाशासन समाप्त भयो।

देश भन्ने बित्तिकै त्यसको निश्चित र विशिष्ट भूभागका साथै त्यस भूभागमा बस्ने जनता, भन्ने बुझ्नु पर्दछ। जतिसुकै विशाल भूभाग भए पनि त्यहाँ जनताको बसोबास छैन भने त्यो भूभागमात्र हुन्छ, देश हुन सक्दैन। त्यसै कारण हरेक देशको मूल कानुन –संविधान) मा जनता सर्बोपरि शक्ति हुन्छ। त्यस मुलुकमा जनताले नै आफ्नो शासन व्यवस्था आफै छान्छन्। त्यसै व्यवस्थालाई जनतन्त्र, गणतन्त्र, लोकतन्त्र भनिन्छ।

भनिन्छ ः राजनीति सम्भावनाको खेल हो। अहिले यो कुरा चरितार्थ भएको छ। राजनीतिक शब्दकोषमा असम्भव भन्ने शब्द नपाइने रहेछ। वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा पुग्ने लक्ष्य राखेको माओवादी केन्द्र र पुँजीवादी प्रजातान्त्रिक समाजवादको लक्ष्य लिएको नेपाली काँग्रेस बहुदलीय जनबादको नारा सहित देशमा परिवर्तन गर्छु भन्ने एमाले र एस पार्टी साथै मधेसबादी दलले लगाएतका तमाम दलहरुले नेपालको शासन सत्तामा हुँदा गरेको बिगतको ब्यावहारले यो कुराको पुष्टि गरेका छ। दुइ हजार सात सालदेखिका नेपालमा बनेका सरकार “ढाँटको निम्तो खाई पत्याउँदो” भएका छन् नेपाली जनतालाई। दुइतिर मुख फर्केका उद्देश्य भएका राजनीतिक पार्टीको गठबनधनले नेपाली जनतालाई कति राहत दिन्छ, आन्तरिक बाहृय राष्ट्रियतालाई कति सुदृढ गर्छ, त्यो हेर्न बाँकी छ। प्रजातान्त्रिक समाजवाद, बहुदलीय जनवाद, वैज्ञानिक समाजवाद आदि नानावादबाट जनता यति बेला वाक्कदिक्क छन्। यी त केवल साधन हुन्, साध्य त नेता–कर्म हो। नेतागणलाई चेतना हुनु पर्ने हो।
हरेक जनताको मुखबाट सुन्ने गरिन्छ–’राजनीति फोहरी खेल रहेछ।’ जनता राजनीतिबाट वाक्कदिक्क भएर यसो भनेका हुन्। वास्तवमा राजनीति फोहरी खेल हुँदै होइन। राजनीति त वास्तवमा जनतालाई सुखी, सम्पन्नशाली बनाउने, देशलाई समृद्धिको शिखरमा पु¥याउने, आन्तरिक र बाहृय राष्ट्रियतालाई सुदृढ बनाउने, जनताका मौलिक हकको संरक्षण गर्ने एउटा विशिष्ट, उदान्त, अनुपम, सवल र सौर्न्दर्यपूर्ण नीति हो। राजनीति कसरी फोहरी खेल हुन सक्छ – राजनीतिलाई त हाम्रा अगुवा नेताहरूले नै फोहरी खेल बनाएका हुन्। त्यसैले जनता दिग्भ्रमित छन्। नेताहरूले नै राजनीतिलाई फोहरी खेल बनाएका कारण केही बर्ष अघि सम्म दासत्व भोगिरहेका छिमेकी देशहरुले आज नेपाल र नेपालिहरुलाइ रद्दीको भाउ पनि गन्दैनन।
त्यसैले बोल्दा नेपालि भएर बोलौ, ब्यावहारमा नेपालीपन ल्याऔ। राष्ट्रप्रेमको भावना जगाऔ। २५ बर्ष भन्दा पहिलाको नेपालिको सान कायम गर्न सबै आ आफ्नो ठाउँबाट इमानदार हुन सिकौं । सुन्दर नेपाल ,बहादुर नेपालीको साख जोगाइ राखौ, नेपाल रहे नेपाली रहन्छौ सबैले मनन गरौं ।।
कोल्हबी नगरपालिका वार्ड न –८ नयाँबस्ती बारा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
सम्बन्धित समाचार
error: Content is protected !!