तराई मधेसमा कोरोना शर्तकता आवश्यक

साझेदारी दैनिक
साझेदारी दैनिक 372 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

यतिखेर विश्व कोरोना भाईरसको आतंकबाट त्रसित भईरहेको छ । विभिन्न ठुलठुला विकसीत देशहरु पनि कोरोनाको प्रकोपबाट प्रभावित भएका छन ।

तर विकासोन्मुख देश नेपालमा भने कोरोना भाईरसको प्रकोप देखिएको छैन । केही समयअघि विश्व स्वास्थ संगठनले नेपाल कोरोना प्रकोपको उच्च जोखिममा रहेको बताएपनि हालसम्म नेपालका कोरोनाका विरामीहरु देखिएका छैन ।

केही अन्य देशबाट फर्केका नेपाली नागरिकहरुमा कोरोनाको लक्ष्ण दखिएको भन्दै आईसुलेसनमा राखिएर उपचार गरेपनि नेगेटिभ देखिएपछि नेपालमा कोरोनाको प्रकोप नभएको पुष्ठी गरेको हो ।

नेपालकै छिमेकी देश चिनबाट सुरुभएको कोरोना महामारीबाट हजारौ प्रभावित र सयौको मृत्यु भईसकेको छ भने अर्को छिमेकी देश भारतमा पनि कोरोना संक्रमितहरुको संख्या वढ्दै गएको तथा दुई जनाको ज्यान गईसकेको भारतीत संचारमाध्यमहरुले बताईरहेका छन ।

तर्सथ दुई छिमेकी देशहरुमा कोरोनाको प्रकोप देखिएकोले नेपालमा पनि कोरोनाको प्रकोप नआउला भन्न सकिन्न । कोरोना प्रकोपले ग्रसित चीनले नेपालका सबै सीमा बन्द गरिसकेको छ । नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थलबाट हुने सबै अन्तर्राष्ट्रिय उडानहरू बन्द गरिका छन् । तर अर्को छिमेकी देश भारतमा पनि कोरोना संक्रमितहरुका संख्या वढ्दै जानुले सो को प्रभाव नेपालमा पनि पर्न सक्ने संभावना उतिकै छ ।

नेपाल–भारतको खुल्ला सीमाक्षेत्र छ । खुल्ला सिमानाका कारण मानिसहरु आवतजावतमा सहज भएको हुदा कोरोना भाईरस सर्ने संभावना पनि बढ्दो छ । जसले तराई मधेका जिल्लाहरुमा उच्च सतकर्ता अपनाउनुपर्ने देखिन्छ । भातरको अधिकाशं क्षेत्र मधेशसँग जोडिए छ । खुल्ला सिमाका कारण मान्छेहरू निर्वाद रूपमा नेपाल भारत आउने जाने गर्दैछन् । जसकाकारण मधेशमा संक्रमण अझ सजिलै प्रवेश गर्न सक्ने संभावना छ ।

तराई मधेसका जिल्लाहरुमा कोरोना रोकथामको लागि पर्याप्त प्रयासहरु गरिएको छैन । यहाका प्रदेश सरकार तथा स्थानीय सरकारहरु कोरोना संक्रमण भित्रिन नदिन संवेदनशिल भएर कार्य गरेको पनि पाईदैन । तराई मधेसका जिल्लाहरुमा थुपैै हाट बजारहरु छन जहाँ हजारौ मानिसहरुको आवतजावत हुने गर्दछ ।

कोरोनाको संक्रमण फैनिले प्रमुख कारण नै भिडभाड हो । तर्सथ तराई मधेसमा कोरोनाको प्रकोप आउन नदिन यहाँका स्वय नागरिकहरु, प्रदेश सरकार, स्थानीय सरकार, स्वास्थ्य संगठन र आम सचेत नागरिकहरु संगठित रूपमा कोरोना भाईरसका विषयमा संवेदनशील भएर लाग्नु अहिलेको आवश्यक हो ।

समाचार शेयर गर्नुहोस
Leave a review