एमाले पर्साको सर्वसम्मत अध्यक्षमा शर्मा,उपाध्यक्षमा गुप्ता र सचिवमा दास निर्वाचित

राम मण्डल
राम मण्डल 85 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

नेकपा एमाले पर्साको अध्यक्षमा सर्वसम्मत रुपमा डाक्टर बिश्वम्भर शर्मा चयन भएका छन् ।

एमाले पर्साको नवौं जिल्ला अधिवेशनले शर्मालाई सर्वसम्मत चयन गरेको हो । आइतबार सम्पन्न निर्वाचन परिणाम अनुसार उपाध्यक्षमा मनोज गुप्ता चयन भएका छन् ।

अधिबेशन बाट सचिवमा महेश दास,सह सचिवमा नबिजान अन्सारी,महिला सह–सचिवमा सिता लामा,लेखा अध्यक्षमा शिवजी गुप्ता चुनिएका छन् ।

पार्टीको जिल्ला नेतृत्वको लागि अध्यक्षमा तीन जना आकांक्षी रहेकोमा अन्त्यमा सर्ब सहमति बाट अध्यक्षमा शर्मा चयन भएका थिए ।

उपाध्यक्ष सहित अन्य पदको भने निर्वाचन प्रक्रिया मार्फत टुंगो लागेको हो ।अधिबेशन अन्र्तगत शनिबार निर्वाचनको क्रममा दुई प्यानल बिच कुटाकुट नै भएको थियोे ।अन्ततः पार्टीको अधिवेशनले नयाँ नेतृत्व चयन भएको हो ।

राम मण्डल

समाचार शेयर गर्नुहोस
Leave a review