वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

नेपाली काँग्रेस बाराको क्षेत्रीय अधिवेश सम्पन्न, क्षेत्र नम्बर १ मा यादव,३ मा चौरसिया र ४ मा गुप्ता विजयी

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बारा जिल्लाको क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ ।
प्रतिनिधी सभा निर्वाचन क्षेत्र अन्तरगत चार वटा निर्वाचन क्षेत्र रहेको बारामा अधिवेन सम्पन्न भएको हो ।
विहिवार चारवटै क्षेत्रको अधिवेशन शुरु भएको थियो । जसमध्ये बारा क्षेत्र नम्बर २ बाहेक सवै क्षेत्रको मतपरिणाम आईसकेको छ ।

नेपाली काँग्रेसको क्षेत्रीय समितिको लागि शुक्रवार मतदान भएको थियो । सार्वजनिक मत परिणाम अनुसार बारा क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशनले क्षेत्र न ३ को क्षेत्रीय सभापतिमा प्रभातकुमार चौरसिया निर्वाचित भएका छन । चौरसिया संस्थापन पक्षबाट निर्वाचित भएका हुन । उनले संस्थापन ईतर समुहका मुकेशकुमार कुशवाहालाई हराएका हुन ।

निर्वाचन क्षेत्र नम्बर ३ मा खसेको ५९८ मत मध्ये सभापतिमा निर्वाचित चौरसियाले ३०२ मत र उनको निकटतम प्रतिस्पदी कुशवाहाले २९१ मत ल्याएका थिए ।

यसैगरी निर्वाचन क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापतिमा संस्थापन पक्षका सुनिल गुप्ताले निर्वाचित भएका छन । गुप्ताले प्रतिस्पर्धी ईतर समुहका लालबाबु यादवलाई ६७ मतले पराजित गर्दै विजय भएका हुन्।

निर्वाचन क्षेत्र नम्बर ४ मा खसेको ५०३ मतमध्ये गुप्ताले २८३ मत र उनका प्रतिस्पर्दी यादवले २१९ मत ल्याएको निर्वाचन अधिकृतले जानकारी दिएका छन ।

यसैगरी बारा निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति विजयशंकर यादव विजयी भएका छन । उनले ईतर समुहका रामप्रसाद चौधरीलाई हराउदै विजयी भएका हुन। सभापतिमा विजयी यादव सिम्रौनगढ नगरपालिकामा निर्वाचित मेयर समेत हुन ।

नेपाली काँग्रेसको विधान अनुसार क्षेत्रीय समितिमा ७ पदाधिकारी र बाँकी जना सदस्य रहने व्यवस्था छ। एक सभापति, दुई जना प्रदेश सभापतिहरु उपाध्यक्ष रहने व्यवस्था गरिएको छ। त्यसैगरि दुई सचिव र दुई सहसचिव सहितका ७ जना पदाधिकारी सहित २१ जना रहने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
error: Content is protected !!